समाचार

निर्मला ह’त्या’का’ण्डः २७ महिना बिति सक्दा प्रहरीको अनुसन्धानले बल्ल यस्तो भन्दै छ

काठमाडौं । ०७५ साउन १० मा उखुबारीमा मृ’त भेटिएकी कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनु’सन्धा’नले अझै पूर्णता पाएको छैन । भीमदत्तनगर २, उल्टाखामकी १३ वर्षीया निर्मलाको ब’ला’त्का’रपछि ह’त्या भएको थियो । यो घटना भएको २७ महिना बितिसकेको छ ।

घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकाले पनि ह’त्यामा कसको संलग्‍नता थियो भन्‍ने ‘क्लु’ नपाउँदा अनु’सन्धा’न पेचिलो बन्दै गएको छ । केन्द्रीय अनु’सन्धा’न ब्युरो (सीआईबी) र कञ्‍चनपुर प्रहरीको टोलीले अनु’सन्धा’न जारी राखेको छ ।

गएको वर्षको साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृ’त फेला परेकी थिइन् । निर्मला ब’ला’त्का’रमा एकजनाको मात्रै संलग्‍नता रहेको अनुसन्धान र ‘भेजिनल स्वाब’ परीक्षणबाट पुष्टि भएको छ । अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन समयमा अनु’सन्धा’नमा खटिएका प्रहरी अधिकारी बर्खास्तीदेखि निल’म्बन’सम्म परेका थिए ।

तर ती सबै अधिकारीले अदालतबाट सफाइ पाइसकेका छन् । अहिले अनु’सन्धा’नमा सक्रिय रहेको टोलीले पुराना फाइल पल्टाउने, सूचना संकलन गर्नेलगायत काम गरिरहेको एक अधिकारीले बताए । यसअघि अनुसन्धान टोलीले सयौं शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्‍ने, कल डिटेल हेर्नेलगायत काम गरिसक्दा पनि ह’त्या’रासम्म पुग्‍ने ‘क्लु’ भेट्टाउन सकेको छैन ।

प्रहरीले ७० जना बढीको ‘डीएनए’ परीक्षणसमेत गरिसकेको छ । तर कसैको पनि डीएनए ‘म्याच’ भएको छैन । निर्मला ब’ला’त्कार तथा ह’त्यामा चिनजानकै व्यक्तिको संलग्‍नता हुनसक्ने आ’शंका अनु’सन्धा’नमा संलग्‍न अधिकारीले गरेका छन् । एक अधिकारीले भने, ‘‘चिनजानकै वा मानसिक अवस्था कमजोर भएको व्यक्तिले गरेको हुनसक्ने सम्भावना छ । कैयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । सबै पक्षबाट अनुसन्धान गरिरहेका छौं ।’’

Related Articles

Back to top button
Close