समाचार

दुवईमा नेपाली महिलाले जन्माइन् एक पटक तिम्ल्याहा, डाक्टर समेत चकित!

दुवईमा एक नेपाली दम्पतिको एकै पटक तीन सन्तान भएको छ । त्यहाँको एक अस्पतालमा नेपाली महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् । ती नेपाली महिला ३० बर्षिया अलिसा सुवाल हुन् । अलिसाका पति विवेक श्रेष्ठका अनुसार उनीहरु पहिलोपटक आमाबाबु बनेका हुन् । विवेकले उनीहरुको आठ वर्षअघि विवाह भएको बताए ।
उनका

आईसियुमा ५ साता बसेका आमासहित सबै सन्तान अहिले स्वस्थ अवस्थामा छन्, उनीहरु अस्पतालबाट घर फर्किइसकेका छन् । कोरानाका समयमा डाक्टरले तिम्ल्याहा सन्तान जन्मन्छ भनेपछि आफुलाई केही असहज लागेको अलिसाले बताइन् ।

‘अप्रिलमा कोरोनाको कहर उच्च थियो । यतिबेला तीन महिनामा स्क्यान गर्दा जब डाक्टरले चाडैं तिम्ल्याह सन्तान जन्मन्छन् भने तब म कति डराएकी थिए होला, कल्पना गर्नुस्,’ उनले भनिन् ।

अलिसाका अनुसार उनको नातागोतामा यसअघि तीन पटक सम्म जुम्ल्याहा शिशु जन्माएका थिए, तर तिम्ल्याहा सन्तान जन्माउने उनी पहिलो हुन् ।

मेडिअर अस्पतालका डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सयजना गर्भवती मध्ये एकजनामा मात्रै तिम्ल्याहा सन्तान देखिन्छ । समाचार तथा तस्वीर गल्फ न्यूज

Related Articles

Back to top button
Close