मनोरंजन

कोरोना कहरमा सेलेब्रेटीको फुर्सदिलो दशैं

फिल्मी फण्डा । कोरोना भाइरस प्रभावका कारण यस बर्ष फिल्म क्षेत्र अहिलेसम्म शुन्य अवस्थामै रहेको छ । प्राय दशैंताका सेलेब्रेटीहरु सुटिङसेटबाटै दशैं मनाईरहेका हुन्छन् ।

तर, यस पटक प्राय सबै सेलेब्रेटीहरुले घरमै दशैं मनाईरहेका छन् । अधिकांश कलाकारहरुले दशैंको फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै घरमै दशैं मनाईहरेको बताएका छन् ।

फिल्मका कलाकारहरु सुटिङमा व्यस्त हुने, प्रचारमा व्यस्त हुने, गायक गायिकाहरु स्वदेश तथा विदेशका कार्यक्रममा व्यस्त हुने र हाँस्य कलाकारहरु स्टेज कार्यक्रममा व्यस्त हुने समय हो दशैं ।**** यो समाचार को पुरा हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

तर यो पटक यी सब कार्यक्रमहरु शुन्य छन् । त्यसलै सबै कलाकर्मीहरु घरमै परिवारको साथ कोरोनाबाट सुरक्षित हुदैं दशैं मनाईरहेका छन् ।

अनमोल केसी, पल शाह, प्रदिप खड्का, निखिल उप्रेती, पुष्प खड्का, प्रशान्त ताम्राकार, जितु नेपाल, सन्दिप क्षेत्री, दीपकराज गिरी, बर्षा शिवाकोटी, पुजा शर्मा, क्रिष्टिना गुरुङलगायतले परिवारसँगै टिका लगाएर दशैं मनाएका छन् ।

यस्तै संचिता लुईटेल, आँचल शर्मा, प्रियंका कार्की, बर्षा राउत, अनु शाह, रिचा घिमिरे लगायतले बिवाह पछिको दशैं मनाएका छन् । आफ्ना श्रीमान् तथा परिवारबाट टिका ग्रहण गर्दै नायिकाहरुले दशैं मनाएका हुन् ।

Related Articles

Back to top button
Close