अन्तरास्ट्रिय

टीबी रोग रोकथाममा ठूलो सफलता, वैज्ञानिकले विकास गरे यस्तो उपकरन

लन्डन । क्षयरोग अर्थात् ट्युबरक्लोसिस ( टीबी ) रोगको रोकथाममा ठूलो सफलता हात परेको छ । वैज्ञानिकले टीबी रोगको पूर्वानुमान उपकरण विकास गरेसँगै यसको रोकथाममा ठूलो सफलता हात लागेको हो ।

युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताले विकास गरेको सो उपकरणले व्यक्तिमा टीबी हुन सक्ने बारे पूर्वानुमान गर्नेछ । यसले रोगलाई नियन्त्रण गर्न ठूलो मद्दत मिल्ने शोधकर्ताहरूले विश्वास लिएका छन् । त्यस्तै यसले लाखौँ मानिसलाई टीबी हुनबाट बचाउने बताइएको छ।

शोधकर्ताहरूले उपकरणकाको मद्दतमा कतिपय देशबाट टीबी रोग उन्मूलन समेत गर्ने विश्वास लिएका छन् । इन्स्टिच्यूट अफ ग्लोबल हेल्थका वैज्ञानिकहरूले टीबी रोग हुन सक्छरसक्दैन भनेर पूर्वानुमान गर्ने उपकरण यो पहिलो भएको बताएका छन् ।

यसले कस्तो उपचार पद्धति अपनाउने भन्ने निर्धारण गर्न चिकित्सकलाई मद्दत मिल्ने उनीहरूले बताएका छन् । यद्यपी सक्रीय टीबी रोगीहरूले प्रत्यक्ष चिकित्सकबाट उपचार लिन आवश्यक हुन्छ । अंकगणितीय पद्धति लुप्त समयमा ब्याक्टेरिया संक्रमित भएका व्यक्तिमा कुनै लक्षण देखा नपरेकामा लक्षित छ ।

८० हजार भन्दा बढीमा गरिएको एक अध्ययनअनुसार लुप्त समयमा संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका १६ प्रतिशत बालबालिकामा ५ वर्षभित्र टीबी हुने जोखिम देखिएको थियो ।

वयस्क व्यक्तिमा भने ५ प्रतिशत टीबी हुने जोखिम देखिएको थियो ।अध्ययनले समय क्रममा टीबी रोग विकास हुने देखाएको छ । यस्तै लुप्त समयमा संक्रमण भएको दुई वर्षभित्र यो रोग विकास हुन सक्ने सम्भावना रहेको छ ।

Related Articles

Back to top button
Close