मनोरंजन

नेहा कक्करले गरिन् रोहनप्रितसँग विवाह

एजेन्सी : भारतकी चर्चित गायिका नेहा कक्करले शनिबार विवाह गरेकी छिन्। उनले विवाह गरेको भिडियो र फोटोहरु यतिबेला सामाजिक संजालमा भाइरल बनेका छन्।३२ वर्षकी नेहाले २५ वर्षका रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

यसै महिनाको सुरुवातमा नेहाले रोहनप्रितसँगको सम्बन्धको बारेमा सामाजिक सन्जालमा सार्वजनिक गरेकी थिइन्। रोहनप्रित पनि संगीतकर्मी भएको बताइएको छ। अक्टोबर २२ मा विवाह दर्ता गरेका उनीहरुले दुई दिनपछि विवाह गरेका हुन्। भारतीय सञ्चार माध्यम का अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनीहरूले अक्टोबर २२मा उनीहरूले विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close