समाचार

तीन अस्पताल पुग्दा पनि लिइएन भर्ना, अन्त्यमा आफ्नै गाउँको आइशोलेशनमा गयो ज्यान

काठमाडौं, ८ कात्तिक । सुनसरीमा उपचार अभावका एक कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना भाइरसको संक्रमणपछि अन्तिम अवस्थामा पुग्दापनि अस्पतालहरुले भर्ना नलिएपछि बराहक्षेत्र नगरपालिका ७ बाङ्गे भन्ने स्थानका ३६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको अवस्था गम्भीर भएपछि विभिन्न अस्पताल पुर्याइएपनि भर्ना लिन नमानेपछि फर्काएर चतराको आइसोलेसन सेन्टरमा ल्याइएकामा उनको शनिबार बिहान मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । त्यसअघि कोसी अस्पताल विराटनगरले पनि भर्ना लिन नमानेको बताइएको छ ।

स्वसप्रश्वासमा समस्या आइरहेका बेला कोरोना पोजेटिभ रिपोर्ट आएपछि नोबेल अस्पतालले पनि आईसीयू र भेन्टिलेटर नभएको भन्दै भर्ना लिन नमानेपनिछ बिरामीलाई बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । तर धरानमा पनि अक्सिजन र भेण्टिलेटर अभाव भएका कारण भर्ना लिइएको थिएन ।

त्यसपछि अन्त्यमा उपाय नलागेपछि आफ्नै गाउँ फर्किइएका ती पुरुषको चतरास्थित आइसोलेसनमा बिहान १० ३० बजेतिर मृत्यु भएको बताइएको छ । उनमा २ दिनअघिबाट स्वासप्रश्वासमा उच्च समस्था थियो ।

Related Articles

Back to top button
Close