बिहिबार २३ बैशाख २०७८

‘लिनिङ्ग टावर अफ पिसा’ विश्व प्रसिद्ध छ । तेस्रो तला बनाउँदै ढल्केको यो भवन अहिले आठ तलाको छ । जसले चार ठूला भूकम्पको सामना गरी भूकम्प प्रतिरोधी भवनको परिचय बनाउन सफल भएको छ ।

तेस्रो तलामै कोल्टिएको यो भवनलाई सिधा बनाउन कोल्टिएको विपरीत भागमा बढी वजन राखिएपनि अझै बढी ढल्क्यो । पछि व्यवस्थापन गरेर बनाइएको भवन आठौं तलासम्म पुग्यो । कसले निर्माण सुरु गर्‍यो भन्ने नखुलेपनि यो भवनको पर्वतक ‘बोनानो पिसानो’ र ‘गुग्लियाल्मो’ हुन् ।

कसरी भूकम्प प्रतिरोधी ?

टावरले ठूला चार भूकम्प थेगेको छ । कोल्टिएको भवनमा भूकम्पले कुनै क्षति पुर्‍याएको छैन । निर्माण भुकम्प प्रतिरोधी नभएपनि माटोको प्रकृतिका कारण भूकम्पले असर गर्न सकेको छैन । ‘डाइनामिक सोइल स्ट्रक्चर इन्टरएयाक्सन’ प्रकृतिको माटो रहेकाले यो भवन कोल्टे परेको तथा भूकम्प प्रतिरोधी रहेको जानकारहरु बताउँछन् ।

के हो ‘डाइनामिक सोइल स्ट्रक्चर इन्टरएयाक्सन’ ?

सामान्य अवस्थामा भवन तथा त्यसमा भएका व्यक्तिहरूको वजनलाई जमिनले माटोमा सार्छ । भुकम्पमा भने जमिनको हलचल भवनमा सर्छ र भवनहरू ढल्ने गर्छन् ।

तर, ‘डाइनामिक सोइल स्ट्रक्चर इन्टरएयाक्सन’ अनुसार भुकम्प जाँदा भवन पनि सोही अनुरूप सतह र भवन एक अर्कालाई प्रभाव पार्ने गरी कम्पन हुन्छन् जसबाट दुवैको कम्पनले एक अर्कोलाई सन्तुलनमा राख्छ । यस कारण पनि अहिलेसम्म पनि उक्त टावर ढल्के पनि ढलेको छैन ।

‘जीओ टेक्निक्स र सोइल स्ट्रक्चर इन्टरएयाक्सनका’ प्रोफेसर माइलीनोकसका अनुसार माटोको सोही कारण नै अहिलेसम्म टावर ढलेको छैन । तल हेर्नुहोस तस्विर

१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया