समाचार

लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ ? यातायात विभागले गर्यो यस्तो अपिल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण झन्डै ६ महिनापछि संचालनमा आएका लामो दुरीका यातायात यात्रा गर्दा घरबाटै खाना बोकेर जान अपिल गरेको छ।

बुधबार एक विज्ञप्ति मार्फत विभागले यात्राका क्रममा जथाभावी खाना/खाजा खाँदा, सवारी साधनमा चढ्दा/झर्दा र अनावश्यक याता गर्दा कोभिड १९ को संक्रमण झनै फैलिन सक्ने खतरा रहेको भन्दै यात्रुहरुलाई आफुलाई आबश्यक पर्ने खाना/खाजा सकेसम्म आफैले घरबाट नै प्याकिङ्ग गरि साथमा लिएर हिड्न अपिल गरेको हाे ।

त्यस्तै अत्यावश्यक भएमात्रै लामो दूरीको यात्रा गर्न समेत विभागले अपिल गरेको हो । विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न विभागले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close