अन्तरास्ट्रिय

सेनाको हेलिकप्टर दुर्घटना १३ जना को मृत्यु

टर्कीको सिनाक प्रदेशमा सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।स्थानीय समयाअनुसार २०ः५५ बजे अबेर राती उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।टर्कीका रक्षामन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुगेका छन् ।सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् दुर्घटनाका बारेमा

विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पुगिसकेको बताइएको छ ।काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन्झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्दार टोली घटनास्थल पुगेको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।

Related Articles

Back to top button
Close