बुधबार ०६ आश्विन २०७८

म तपाईंको जिन्दगीमा सधै दोश्रो स्थान चाहान्छु म संग जोडिएको स’म्बन्धले तपाइको जन्म देखीको स’म्बन्धमा कहिल्यै पनि दरार्रर चिसोपना न आओस् कहिल्यै दुरी नबढोस् तपाई मेरो श्रीमान र म तपाईकी श्रीमती पछि भएकी हुँ त्यो भन्दा पहिले तपाईँलाई यो धर्ती देखाउने र आफ्ना इच्छा चाहाना र खुसीहरू सबैलाई मन भित्रै लुकाएर अनेक दुःख कष्ट सहेर आज तपाईँलाई यो स्थान सम्म पुर्याउने तपाईंको बाबा आमा नै हो ।

अनि त्यसै गरी तपाईँलाई सही गलत सिकाउदै हरेक पाइलामा हात समाएर साथ र हौसला दिने तपाईंको दाजु दिदी हो म कहिल्यै पनि चाहान्न म संग जोडिएको स’म्बन्धले यी सबै स’म्बन्ध हरुमा दुरी बढाओस् हजुरले म सँग बिबाह गरेर स’म्बन्ध जोडदैमा यी सबै नाता स’म्बन्धहरूलाई कहिल्यै बिर्सनुहुँदैन मैले तपाईँ संग बिहे गरेर आउँदा जन्म घर मात्र छोडेर आएकी होइन जन्म दिने बाबु आमा र दाजुभाइ दिदिबहिनी सबै छोडेर आएकी हुँ त्यही दिन देखि यो घर नै मेरो घर यी बुढा बाबा आमा नै मेरो बाबा आमा हो म तपाईकी असल र स’म्झदार श्रीमती र उहाँहरूकी असल र संस्कारी बुहारी बन्न चाहान्छु ।

बाबा आमाको आशा र साहारा हो हजुर दाजुभाइ र दिदिबहिनीको भरोसा हो हजुर अनि मेरो पुरै जिन्दगी हो हजुर हामीले कहिल्यै पनि उहाँहरूको मन दुखाउनु हुदैन जस्तो सुकै समस्या आइपरे पनि हामी मिलेर समाधान गर्न सक्छौ ।बाहिरी मान्छेहरूको कुरा सुनेर घर भडाउने काम कहिल्यै गर्नु हुदैन पराइले त घर परिवार र आफन्त जुटेको भन्दा फुटेको हेर्न चाहेका हुन्छन यस्तो अवस्थामा हामी कमजोर भयौ भने दुनियाँले हामी बीचमा पर्खाल बनाउन बेरै लगाउँदैनन् ।

त्यसैले संसारमा परिवार भन्दा ठुलो केही हुँदैन हो म बाट कहिले काँही गल्ती कमजोरीहरू हुन सक्छन् त्यो बेला तपाईले मलाई बरु एक दुई थप्पड हानेरै भए पनि स’म्झाउनु पर्छ । तर परिवार छुटाउने कुरा कहिल्यै गर्नु हुँदैन ।मलाई डाँडाको घाम जस्ता ति बुढा बाबा आमालाई एक्लै बेसहारा बनाइ छोडेर तपाई संग छुट्टै दुनियाँमा रमाउने रहर होइन बरु ति बुढा बाबा आमा बाँचुन्जेल उनीहरुको साहारा बनेर ति हातहरु सधै समाउने रहर छ ।म तपाईंको हरेक दुःख सुखमा सधै साथ र हात दिने छु ।

हामी दुई मिलेर परिवारलाई सुखी र खुसी बनाउनुपर्छ । परिवार छुटाउने र फुटाउने होइन साहारा र भरोसा भनेर जिन्दगी भरी संरक्षण गरी माया प्रेम र एकता हुनुपर्छ । तपाइँलाई मेरो लागि जु’नतारा टि’पेर ल्याइदिनु भन्दिन ,तर जब बाहिरबाट घर आउनुहुन्छ, साथमा एक मुस्कान लिएर आउनुहोस् । म भन्दिन, कि सबैभन्दा बढी मा’या मलाई नै गर्नुहोस् ,तर एक नजर मायाले त हेर्नुहोस म भन्दिन कि बाहिर खुवाउन लिएर जा’नुहोस् तर एकपटक साथमा सँगै बसेर त खाने गर्नुहोस् ।

भन्दिन कि मलाई काम गर्नमा सघा’उनुहोस् ,तर कति काम गर्छु, हेर्ने त गर्नुहोस् । भन्दिन म मेरो हात पक्डिएर हिड्नुहोस् ,तर कहिले दुई कदम साथ त हिड्ने गर्नुहोस् ।यसरी नै बित्नेभयो जिन्दगिको यात्रा भाग्दा भाग्दै ,एकछिन थकाई मार्न त बस्ने गर्नुहोस् । भन्दिन कि मलाई अनेकौ नामले बोलाउनुहोस् ,।एक पटक फु’र्सदमा “सुन” मात्र भ’एपनि त भन्ने गर्नुहोस् ।

भन्दिन तपाइँलाई जुन-तारा टिपेर ल्याइदिनुस तर जब घर आउनुहुन्छ , एक मुस्कान साथमा ल्याउने गर्नुहोस् ।आखिर श्रीमानको लागि श्रीमती किन आवश्यक छ? बिश्वास गर्नुहोस् या नगर्नुहोस्

१, जब तपाईं दुखी हुनुहुन्छ त्य’सबेला उनले तपाइँलाई कहिल्यै एक्लो छाड्ने छैनन् ।२, हरेक समय, हरेक दिन तपाइँलाई तपाईं भित्रको खराब बानी छोड्नको लागि भन्नेछिन।३, हरेक सानो-सानो कुरामा तपाईं सँग झगडा गर्छिन तरपनी धेरै समयसम्म रिसाएर बस्दिनन ।४, तपाइँलाई आ’र्थिक मज’बुत बनाउछिन ।

५, जिबनमा केहिपनी राम्रो चलिराको छैन , तर पनि तपाइँलाई यही भन्छिन चिन्ता नगर्नुस् सब ठिक हुन्छ ।६, तपाइँलाई समयको महत्त्व बुझाउने छिन ।७, के गर्दै हुनुहुन्छ भनेर जान्नको लागि दिनमा १५ पटक फ़ोन गरेर हालखबर सोध्छिन । कहिलेकाही तपाईं रिसाउनुहुन्छ , तर सत्य यो हो कि तपाईं केहि गर्न स’क्नुहुन्न । सन्तोष कार्की

२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया