बुधबार २० साउन २०७८

बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो ।

गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो । मृ तक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि गैरकानुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खुलेको छैन ।

मृतकको परिवारसँग सामान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर शव स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। मृतकको घरमा श्रीमती र तीन छोराहरु रहेको बुझिएको छ।

यो पनि , साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने : आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए। प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ।

मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ। उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ। हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम नौ दशमलव चार डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया