समाचार

होसियारी नपुग्दा मोबाइल चार्जरबाट करेन्ट लागेर १४ वर्षीय राजुको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–७ झिंगास्थान बस्ने सुरेन्द्र सहनीको १४ वर्षीय छोरा राजु सहनीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युतीय प्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । बजारमा पाइनी विद्युती प्लग अत्यन्तै जोखिमका छन् ।

कमसल मुल्यका प्लग बेचिरहेका छन् । उक्त प्लगपनि बाहिरसम्म करेन्ट प्रवाह हुने खालको भेटिएको छ । प्लगबाट करेन्ट बाहिर प्रवाहहुँदा चार्जर जोड्ने क्रममा उनलाई करेन्ट लाग्यो । पैतालामा केही लगाएका थिएनन् । करेन्ट अर्थिङ सहितको भएकाले उनलाई क्षति भयो ।

यदि खुट्टामा चप्पल वा केही लगाएका थिए भने यस्तो हुने थिएन । सबैले जान्नुपर्ने के छ भने सिंगल प्लस (पोजेटिभ) करेन्ट शरीरमा प्रवाह भयो र शरीर अरु कुरामा छोइएको छ भने त्यहाँ माइनस (नेगेटिभ) को काम गर्छ । प्लस, माइनस नै टच भएको खण्डमा करेन्टले ठूलो क्षति गर्छ ।

तर पोजेटिभ मात्र करेन्ट प्रवाह भयो नेगेटिभ प्राप्त गर्ने स्रोत कहि भटेन भने त्यती ठूलो क्षति नहुन सक्छ । यसैले विद्युतीय सामान करेन्टमा जोड्नु भन्दा पहिले आफ्नो शरीर अरु भागमा छोएको छ की छैन ख्याल गर्नुहोला ।

यस्तो अवस्थामा खुट्टामा चप्पल वा त्यस्तै केही लगाउँने र सिधा उभिएर जोड्न सक्नुहुन्छ । चप्पल लगायतका बस्तुले करेन्ट प्रवाहलाई रोक्छ ।

Related Articles

Back to top button
Close