रोचक

जब ४० करोड रुपैयाँ पर्ने दुर्लभ पुस्तकहरू घरमुनि फेला परे…

एउटा गोदामबाट चो’रिएका झन्डै ४० करोड रुपैयाँ मूल्य बराबरका २०० वटा ‘अप्राप्य’ पुस्तकहरू लन्डनस्थित रुमेनियाको गाउँमा एउटा घरमा भुइँमुनि गा’डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ती पुस्तकमध्ये केही ग्यालिलियो तथा आइज्याक न्यूटनले लेखेका कृतिका प्रथम संस्करणहरू पनि छन्। ती पुस्तकहरू सन् २०१७ को ज्यानुअरी महिनामा चो’रहरूले फेल्टमको गोदामबाट चो’रेका थिए।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सेन्सरबाट जोगिन चो’रहरू स्टोरको छानाबाट छिरेर डोरीको सहायताले तल ओर्लिका थिए।

रुमेनियाली गि’रोहको संलग्नता
ती चोरहरू सङ्गठित रुमेनियाली आ’पराधिक गिरोहका सदस्य भएको पत्ता लागेको थियो। लन्डनको मेट्रोपोलिटन प्रहरीको विज्ञप्तिमा ती गिरोह यूकेभरि मूल्यवान् वस्तुहरूको चोरीमा संलग्न भएको उल्लेख गरिएको छ।

बुधवार उत्तरपूर्वी रुमेनियाको नियम्ट क्षेत्रमा रहेको एउटा घरमा खानतलासी गर्दा ती पुस्तक भुइँमुनि लु’काइएको अवस्थामा अधिकारीहरूले भेटेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार ती पुस्तक फेला पार्न सन् २०१९ को जुन महिनामा यूके, रुमेनिया तथा इटलीका ४५ वटा ठाउँमा छापा मा’रिएको थियो।

तेह्र जनामाथि चो’रीको अ’भियोग लगाइएको थियो। तीमध्ये १२ जनाले आफ्नो संलग्नता स्वीकारेका थिए।

कस्ता पुस्तक छन्
‘चोरी भएका सामग्रीमध्ये दाँतेका दुर्लभ पुस्तक र स्पेनी चित्रकार फ्रान्सिस्को डि गोयाका चित्रहरूका साथै १६ औँ तथा १७ औँ शताब्दीका ग्यालिलियो एवम् आइज्याक न्यूटनका पुस्तक थिए।

ूयी पुस्तकहरू अत्यन्त मूल्यवान् छन्। यिनको विकल्प छैन। यी पुस्तक अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको निम्ति धेरै महत्त्वपूर्ण छन्,ू मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ इन्स्पेक्टर एन्डी डरमले बताए।

अमेरिकाको लस भेगसमा हुन लागेको विशेष पुस्तक मोलमोलाइ कार्यक्रमका निम्ति ओसार्न ठिक्क पारिएको बेला ती पुस्तकहरू ह’राएका थिए। हेथ्रो विमानस्थलनजिकै अवस्थित फेल्टममा भएको गोदामको छाना का’टेर चो’रहरूले डोरीमार्फत् ४० फिट तल ओर्लिएर चो’री गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close