बुधबार ०६ आश्विन २०७८

काठमाडौं : भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ । को’रो ना संक्रमणको जो’खिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसै मार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए । पत्रकार कक्षमा लाईभ स्ट्रिमि’ङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ । आज अपराह्न ४ बजे प्रति निधि र राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए । संसदको मिडिया सेन्टरसम्म पत्रकारको पहुँचको लागि संसदीय मामिला पत्रकार समाजले संघीय संसद सचिवालयलाई ध्यानाकर्षण गराउँदै छ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नु भएको हो ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया