समाचार

काठमाडाैँमा तरंग मच्चाएर दिल्ली फर्किए ‘रअ’ प्रमुख गोयल

काठमाडौं, ६ कार्तिक । अचानक काठमाडाैँमा देखिएका भारतीय गुप्तचर संस्था रअ (रिसर्च एण्ड एनालाइसिस विङ) का प्रमुख दिल्ली फर्किएका छन् । बुधबार नेपाल आएका रअ प्रमुख सामन्तकुमार गोयलले काठमाडाैँमा केही नेताहरूलाइ भेटेकाे गाइँगुइँ चलेकाे थियाे । तर क-कसलाई भेटे भन्नेबारे सरकारले कुनै ठाेस जानकारी दिएकाे छैन, तर राजनीतिक वृत्तमा तरंग मच्चाएर गाेयल भने बिहीबार स्वदेश फर्किसकेका छन् ।

कसैलाइ थाहा नदिएर अचानक कूटनीतिक अनुमतिसहितकाे भारतीय विमान बुधबार काठमाडाैँ भित्रिएकाे थियाे । त्यसमा रअ प्रमुख गोयलको टोली काठमाडाैँ आएकाे र आज (बिहीबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकाे टाेली देखा परेकाले उनी दिल्ली फर्किएकाे बताइएकाे छ । तर यसबारे सरकारले ठाेस जानकारी दिन सकेकाे छैन ।

स्रोतका अनुसार गाेयलकाे टाेली बिहीबार आईएफबी ६०४५ कल साइन नम्बरको चार्टर्ड विमानबाट गाेयल स्वदेश फर्किएका हुन् । साेही विमानबाट बुधबार दिउँसो १ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएकाे विमानस्थल सुरक्षा स्राेतले जनाएकाे छ ।

गाेयलले बुधबार केही उच्च नेतृत्वहरूलाइ भेटेकाे जनाइएकाे छ । तर सत्तारुढ नेकपाकै सचिवालय नेताहरू समेत रअ प्रमुखको याे भ्रमणबारे अनविज्ञ रहेकाे जस्ताे प्रतिक्रिया दिएका छन् ।

नेकपा प्रवक्ता समेत रहनुभएका नारायणकाजी श्रेष्ठलले भारतीय गुप्तचर प्रमुख काठमाडाैँ आएकाेबारे सञ्चारमाध्यमबाट मात्र थाहा पाएकाे बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले पनि रअ प्रमुख काठमाडाैँ आएकै हुन् कि हैनन् भन्नेबारे कुनै पुष्टि नभएकाे र पार्टीमा जानकारी समेत नभएकाे जनाएकाे छ । सचिवालयले अध्यक्ष प्रचण्डले रअ प्रमुखसँग नभेटेकाे समेत प्रष्टीकरण दिएकाे छ ।

Related Articles

Back to top button
Close