समाचार

सिंँगारियो मदन भण्डारीको जन्मघर

ताप्लेजुङ । स्वर्गीय नेता मदन भण्डारी जन्मिएको ताप्लेजुङको घरलाई लिपपोत गरेर सिंँगारिएकाे छ। म’क्किएर भ’त्कने अवस्थामा रहेकाे घरलाई अनेरास्ववियुले लिपपोत गरेकाे ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका सदस्य हेमराज निरौलाले बताए । बडादसैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिँदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ । निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएको जानकारी दिए । लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र बनेमसहित आठ विद्यार्थी नेता–कार्यकर्ता ढुंगेसाँघु पुगेका थिए ।

अ’नेरास्ववियुसम्बद्ध नेताहरूले नेपालको प’रिवर्तनकारी आ’न्दोलन र ज’ननेता भण्डारीको जन्म र बाल्यकालसँग जो’डिएको ऐ’तिहासिक महत्वको सो घरलाई संरक्षण गर्न आवश्यक रहेकाे बताए । भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । घर अगाडि रहेकाे ढि’कीनजिक भण्डारीको ज’न्म भएको बताइन्छ । उक्त ढि’की अझै पनि देख्न पाइन्छ ।०१५ मा गाउँमै एउटा हिउँदे पा’ठशालाबाट नै भण्डारी औ’पचारिक शिक्षातर्फ प्र’वेश गरेका थिए । पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जी’वन बितेको थियो।

०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले कि’नेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृ’ति प्रतिष्ठानका नाममा छ । सो क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो । पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु. ३० लाख विनियोजन भएको छ ।

विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजिकैको ढुंगेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दसैँलगत्तै काम सुरु हुनेछ ।पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ । प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालू आर्थिक वर्षमा रु‍. एक करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिए । रासस

Related Articles

Back to top button
Close