बिहिबार ०७ आश्विन २०७८

मुम्बई। लण्डनमा नाम गोप्य राखेर नयाँ प्रोजेक्टमा व्यस्त रहेका अभिनेता अक्षय कुमार छायाङ्कन बिचमै रोकेर भारत फर्किएका छन्। छायाङ्कन सकाएर अर्को महिनामात्रै भारत फर्कने योजनामा रहेका अक्षय मंगलबार हतारहतार भारत फर्कि एका हुन् । आमा अरूणा भाटिया अस्पतालको आईसिय्रमा भर्ना भएपछि अक्षय सबै काम छोडेर भारत फर्किएका हुन् ।

पिंकभिलागका अनुसार अक्षयकी आमा केही दिन देखि अस्वस्थ छिन् । हाल उनलाई मुम्बईको हिरानन्दनी अस्पतालको आईसियूमा राखिएको छ । आफ्ना सबै काम यतिकै छोडेर आएका उनले निर्माताहरूलाई आफू बाहेकका सबै दृश्यको छायाङ्कन गरिराख्न भनेर आएका हुन् । अक्षयका लागि वर्ष २०२१ निकै व्यस्त वर्ष हुनेछ । उनका थुप्रै चलचित्रको छायाङ्कनको मिति एकपछि अर्को गरी राखिएको छ ।

यो पनि, फिल्ममा कहिले फर्केलान् निमा रुम्बा ? नेपालमा लोकप्रिय गायक फिल्मको नायक बनेका थुप्रै उदाहरण छन् । भुवन केसी, यश कुमार, रामकृष्ण ढकाल, उदितनारायण झा, बाबु बोगटी, प्रशान्त तामाङ लगायतका धेरै गायकले फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । तर, दुई डुंगामा खुट्टा राखेर यात्रा गर्ने गायकहरुको फिल्मी यात्रा त्यति सुखद छैन । एकाधबाहेक प्रायः को पहिलो फिल्म नै अन्तिम बन्यो ।

गायन करिअरको उत्कर्षमा रहँदा निमा रुम्बा पनि फिल्मको नायक बने । २००८ मा रिलिज भएको भुषण दाहाल निर्देशित फिल्म ‘कागबेनी’ बाट उनले नायकको रुपमा डेब्यू गरेका थिए । यो फिल्ममा उनको अभिनयको प्रशंसा भएको थियो । तर, यसपछि उन लाई फिल्ममा कमब्याक गर्न १० वर्ष लाग्यो । पछिल्लो पटक उनी २०१८ मा रिलिज भएको फिल्म ‘छिरिङ’ देखिएका थिए ।

गायनसँगै अभिनयमा पनि आफ्नो राम्रो छाप छाडेका निमा पछिल्लो समय यी दुवै विधामा निक्रिय जस्तै देखिएका छन् । ‘छिरिङ’ पछि उनले न नयाँ फिल्म साइन गरेका छन् न त केही वर्षयता उनको आवाजमा गीत नै सार्वजनिक भएको छ । दर्शकहरु उनको गायन र अभिनयमा पुनरागमनको प्रतिक्षा गरेर बसेका छन् । कुनै समय उनले पप रक संगीतमा आफ्नो बर्चश्व नै जमाएका थिए ।

युवापुस्तामाझ उनका ‘मिस् क्याट वाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी, आउँ सँगै नाचौं’ जस्ता गीतहरु अहिले पनि उतिक्कै लोकप्रिय छन् । सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका निमालाई सर्वाधिक लोक प्रिय गायकको रुपमा स्थापित गरेको गीत भने ‘मिस् क्याटवाक’ हो । संगीत दुनियाँमा उनलाई ‘सदाबहार गायक’ समेत भन्ने गरिन्छ ।

पछिल्लो समय उनी देश तथा विदेशमा हुने कार्यक्रमहरुमा व्यस्त हुने गरेका छन् । उनले आफ्ना पुराना चर्चित गीतहरु लिएर धेरै विदेशी मुलुकमा प्रस्तुती दिइसकेका छन् । कोभिडभन्दा अगाडि उनको विदेशका मञ्चमा निकै राम्रो माग थियो । तर, दर्शकहरु उन को गायन र अभिनयमा सक्रियता नटुटोस् भन्ने चाहिरहेका छन् । आशा गरौं, निमा रुम्बा गायन र फिल्ममा चाँडै फर्किनेछन् ।

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया