बिहिबार ०७ आश्विन २०७८

रुकुमको माछिमी घर भएका महेश ओली र बिमला अधिकारीले प्रेम विवाह गरेका थिए ।विवाह भएको एक वर्षपछि भावनाको जन्म भयो तर भावना ६ महिनाको हुँदै महेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।अहिले छोरी भावना ९ वर्षकि भइन् तर बुबा महेश सम्पर्क बिहिन छन् ।

बाबाको मायाको अभास गर्न नपाएकी भावनाले महेशको फोटो हेरेर चित्त बुझाउने गरेकी छिन् ।बाबा छिटो आउनु भए एकपटक देख्न पाए हुन्थ्यो भन्दै भावना गुनासो पोख्छन् ।
आमा बिमलाले निकै दुख गरेर भावनालाइ हुर्काइन् श्रीमानको अत्तोपत्तो नभएपछि उनलाई भु ल्दै गएकी बिमला अहिले छोरी कै करले महेशको खोजीमा निस्केकी छिन् ।

महेशले घर छोडेर हिडेको ९ वर्ष भयो,उनी ४ वर्षसम्म मलेसिया मै रहेको र त्यसपछि उनका साथीले महेश घर आउदै गरेको खबर गरेका थिए ।तर त्यसो भनेको १९ दिन बित्तासम्म पनि महेशको केही खबर नआउँदा सबै जना चिन्तित भएको र खोज्दा पनि कतै नभेटिएको कुरा बिमलाले बताइन् ।

सुरुसुरुमा उनले पैसा पठाएको तर पछिबाट सम्पर्क मै नआउदा महेश जिउँदै छन् कि म रिसके भन्दै बिमला चिन्तित हुन्छिन् ।आफ्नो झ गडापनि नभएको र श्रीमान नेपाल फर्केपछि नेपालगन्जमा उनी ३ दिन बसेको र त्यसपछि भारत गएको भन्ने कुरा महेशका पिताले बताएको पाइयो ।

बिमलाको अनुसार महेशले पोहोरसाल फोन गरेको र दुवैजना निकै रो एको पनि बताइन् ।त्यसपछि अहिले केही ठेगान नभएको उनी बताउछिन् ।सायद लकडाउनले होला भन्दै उनी आफ्नो मन बुझाउछिन् ।

यसरी महेश बेखबर रहद बिमला उनी फर्किएर आए हुन्थ्यो भन्दै गुहार मागिरहेकी छिन् ।छोरी भावनापनी बाबालाई एकपटक हेर्न पाए हुन्थ्यो भन्दै बह पोख्छिन् ।
भिडियो हेर्नुस् :-

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया