बिहिबार ०७ आश्विन २०७८

अभिनेत्री मनिषा कोइराला राजनीतिक मैदानमा उत्रिएकी छन्।

पत्रकार देवप्रकाश त्रिपाठी अध्यक्ष रहेको एकीकृत शक्ति नेपाल नामक पार्टीमा कोइराला बरिष्ठ नेत्री छिन्।

उनको बरियता दोस्रो रहेको बताइएको छ ।

हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिका आधारमा एकीकृत शक्ति नेपालको घोषणा सोमबार राजधानीमा एक कार्यक्रम गरी हुँदैछ।
राजनीतिक दल घोषणासँगै निर्वाचन आयोगमा दर्ता गरिने बताइएको छ।

केही समय अघि नै काठमाडौंमा एक कार्यक्रमबीच ढिलोचाँडो कोइराला राजनीतिमा आउने संकेत गरेकी थिइन्। कोइराला घोषणा
सभामा भने उपस्थित हुने छैनन्। उनी फिल्मको सुटिङका लागि स्विटजरल्यान्डमा रहेका कारणले घोषणा सभामा हुने छैनन्।

उक्त पार्टीको केन्द्रीय तहमा अभिनेत्री श्वेता खड्का पनि आवद्ध रहने बताइएको छ। एलिस पार्टी प्यालेस नक्सालमा पार्टीको घोषणा हुनेछ। साभार गरियको खबर

डा. भट्टराई भन्छन्, ‘राष्ट्रिय सहमतिका साथ एमसीसी पारित गरौँ’

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् ।

एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका हुन् । ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले एसीसीमा राष्ट्रिय सहमति गर्नुपर्ने समेत बताएका छन् । सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण घटक जसपाका नेताको यो भनाइले सरकारले आसन्न संसद अधिवेशनबाट एमसीसी पारितको तयारी गरेको संकेत देखिएको छ ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया