मंगलबार ०५ आश्विन २०७८

क्वालालम्पुर, २० भाद्र ।करीव २० वर्ष देखी मलेसियामा रहेका लम्जुङका एक नेपालीको मृत्यु भएको छ । सन २००३ मा मलेसिया आएदेखि नेपाल समेत नफर्किएका लम्जुङ जिल्ला भोटेगौडा गाविस वडा न २ का ५२ वर्षिय गोविन्द कुमार थापाको पेनाङको विएम अस्पतालमा मृत्यु भएको हो ।

मलेसियामा विभिन्नस्थानमा वस्दै कहिले कुन कम्पनी कहिले कुन रेमिटान्समा समेत थापाले काम गर्दै आईरहेका थिए । पछिल्लो समयमा उनी निम्वुङ टेवलमा वस्दै आएका थिए ।
केहि समय अगाडि देखि थापा विरामि भएका थिए । जनउद्धार केन्द्रको पहलमा थापालाई अगष्ट २८ तारिखमा नेपाल पठाउन क्वालालम्पुर एयरपोर्ट सम्म लगिएको थियो । एयरपोर्टमा विभिन्न प्रकृयाहरु मिलाउदै गर्दा थापा सोहि ठाउँमा ढलेका थिए । एयरलाइन्सले विरामि अवस्थामा नेपाल लैजान नसक्ने जनाएपछि फर्काएर फेरी पेनाङको विएम अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार थापाको मृत्यु भएको हो ।

शव अहिले पनि अस्पतालमै रहेको छ ।अस्पतालमा मात्रै करीव ५ हजार रिगेट तिर्न वाकि नै रहेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले वताए ।
थापालाई नेपाल फर्काउनको लागि सहयोगि सुनील शाक्य र जनउद्धार केन्द्रका कोषाध्यक्ष विराज पुनले निकै सहयोग गरेका थिए । शाक्यले थापालाई नेपाल पठाउन एयरपोर्ट सम्म लिएर गएका थिए भने एयरपोर्टमै ढलेपछि फेरी फर्काएर पेनाङल्याएर अस्पतालमा भर्ना गरिदिएका थिए ।

थापाले मलेसियाआएपछि घर परिवार विर्सिएका थिए । उनले लामो समय सम्म सम्पर्क नगरेपछि श्रीमतीले आत्महत्या गरेकि थिईन । दुई छोरा रहेकोमा जेठा छोरा दुवई गएका छन भने कान्छा छोराले काठमाण्डौमा ग्रिलको सानोतिनो कारोवार गरिरहेका छन ।

वावालाई झिकाउनको लागि निकै प्रयास गरेको भएपनि आफु सफल हुन नसकेको कान्छा छोरा डेल्षेन थापाले जानकारी गराए । ‘ हामिलाई वावाले विर्सिएपनि हामिले विर्सिएका थिएनौ । वावालाई लिन भनेर एयरपोर्टमा समेत गएको थिए तर पनि ल्याउन पाईन’ । उनले भने ‘वावाको सदगत नेपालमै गर्ने इच्छा छ सवैले सहयोग गरेर शव नेपाल पठाईदिन मलेसियामा भएका सवैलाई अनुरोध गर्दछु’ ।

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया