समाचार

घरपछाडि ट्रम्पको मूर्ति बनाएर दैनिक पूजा गर्ने कृष्णको मृत्यु

काठमाडौं,-घरमा अमेरिकी राष्ट्रपति ट्रम्पको मूर्ति बनाएर दैनिक पूजा गर्ने कृष्णको हृदयघातबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणी तेलंगनास्थित कोन्ने गाउँका बुस्सा कृष्ण रहेका छन् ।घरपछाडि ट्रम्पको मूर्ति नै स्थापना गरेका किसान पृष्ठभूमिका उनी ट्रम्पको मूर्तिलाई हरेक बिहान पूजाआजा गर्थे। भारतिय मिडियाका अनुसार अक्टोबर २ मा अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी तनावमा रहेको र सोही तनाबका कारण उनको मृत्यु भएको बताइएको छ ।

ट्रम्पलाई संक्रमण पुष्टि भएकै दिन उनले आफ्नो आफ्नो फेसबुक वालमा भावुक भिडिओ पनि पोष्ट गरेका थिए। जसमा उनले आफ्ना भगवान ट्रम्पलाई कोरोना संक्रमण भएपछि अत्यन्तै दुःखी भएको बताएका थिए। उनले भिडियोमा भनेका थिए ‘म निकै दुखी छु, किनकी मेरा भगवान ट्रम्पलाई कोरोना भएको छ। म ट्रम्प निको होऊन् भनेर प्रार्थना गरिदिन सबैमा अपील गर्छु, ।

ट्रम्पलाई भगवान मान्ने कृष्ण भारतमा सानातिना सेलेब्रिटीका रूपमा रहेको समेत भारयि मिडियाले जनाएका छन् । मिडियाका अनुसार उनले ट्रम्पको दीघायूको कामना गर्दै एक साता देखी खाना नखाएको डिप्रेसनमा गएपछि उनको हृदयघातबाट मृत्यु भएको हो । यस अघि उनमा कुनै स्वास्थ सम्बन्भी समस्या नरहेको बताइएको छ ।

Related Articles

Back to top button
Close