समाचार

भर्खरै आयो लोक सेवा आयोगका सबै परिक्षा सम्बन्धि जरुरि सूचना

काठमाडौ ३ कात्तिक । लोक सेवा आयोगका सबै परिक्षा स्थगित भएको छ । आज सोमबार लोक सेवा आयोगले एक सुचना जारी गर्दै यही कात्तिक १६ गतेदेखि सञ्चालन हुने भनिएको आयोगको सबै परिक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।

सुचनामा भनिएको छ , हाल विश्वभरी फैलिएको कोरोना महामारीले गर्दा परीक्षामा सहभागी हुने उम्मेदवारमा भएको डर त्रास र आयोगका केही कर्मचारीलाई समेत कोरोना भाइरस भएकाले आइसोलसनमा बस्नु परेको छ । परिक्षासँग सम्बन्धित मुख्य शाखाहरु बन्द गर्नु परेको हुँदा परिक्षा व्यवस्थापनमा समस्या उत्पन्न भई परिक्षा सञ्चालन गर्न कठिनाई भएकाले आयोगको अर्को सुचना नआएसम्म हाललाई स्थगित गरिएको बताएको छ ।

Related Articles

Back to top button
Close