समाचार
सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन
काठमाडौँ। चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।
कुमकुम भाग्यबाहेक उनी अन्य टिभी कार्यक्रमको हिस्सा रहेकी थिइन्। विशेष गरी उनलाई टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा पनि निकै मन पराइएको थियो।
जरीना खानको निधन पश्चात उनका सह–कलाकार शबीर अहलुवालिया र श्रीति झाले श्रद्धान्जली अर्पण गर्दै आफ्नो सामाजिक संजालमा उनको तस्बिर सार्वजनिक गरेका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **