बुधबार २९ बैशाख २०७८

एजेन्सी । प्रेम प्रस्ताव राखेकै कारण एक जोडीलाई क्याम्पसवाट निष्काशन गरिएको छ । सवैको सामुन्ने एक युवतीले युवकलाई प्रेम प्रस्ताव राखेकी थिइन् । पाकिस्तानमा भएको यो घटना पछि ति जोडीलाई क्याम्पसले निष्काशन गरेको हो । पाकिस्तानको लाहौर विश्वविद्यालयमा प्रेम प्रदर्शन गरेर गलत काम गरेको आरोपमा एक जोडी छात्र र छात्रालाई निष्कासन गरिएको छ।

बीबीसीका अनुसार छात्राले सबैका सामुन्ने घुँडा टेकेर छात्रलाई फूल दिँदै अँगालो होलकी थिइन्। धेरै विद्यार्थीका सामुन्ने प्रेमालाप गरेको आरोपमा विश्वविद्यालयले ‘द्रुत कार्बाही’ गरेर उनीहरूलाई विश्वविद्यालयबाट निकालिदिएको हो।

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार छात्रालाई अनुशासन कमिटीले बोलाएको थियो, तर उनी गइनन्। विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको नियम उल्लंघन गरे। साथै विश्वविद्यालयअन्तर्गत सबै क्याम्पसमा दुवैलाई प्रवेश निषेध गरिएको छ।’

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया