अन्तरास्ट्रिय

गर्भवती महिला वे ‘हो स भएपछि उनले पेट ‘का ‘टे’र शिशु निकाले

अमेरिकाको इन्डियानामा ७० वर्षपछि पहिलो पटक एकजना संघीय महिला ‘मृ’त्युद’ण्ड दिने निर्णय गरिएको छ । लिसा मोन्टगोमेरी नाम गरेकी महिलालाई यस्तो सजाय दिने निर्णय गरिएको त्यहाँको न्याय विभागले जनाएको छ । लिसा नाम गरेकी ती महिला बन्दीले सन् २००४ मा मिजौरीमा एक गर्भवती महिलाको ज्यान लिएकी थिइन् ।

गर्भवती महिलाको निधन भएपछि उनले ती महिलाको पेट भित्र रहेको बच्चा निकालेर लगेकी थिइन् । उनलाई यही आउँदो डिसेम्बरको ८ तारिकमा सजाय दिइने न्याय विभागले बताएको छ । अमेरिकी सरकारले पछिल्लोपटक सन् १९५३ मा मिजौरीमा बोनी हेडी नाम गरेकी महिलालाई पनि यस्तै सजाय थियो । त्यसैगरी सन् १९९९ मा दुई युवा मन्त्रीको ज्यान लिए पछि ब्रान्डन बर्नार्डलाई पनि डिसेम्बरमा नै यस्तै सजाय दिने तय गरेको छ ।

जिवनको वदला जिवन नै लिएर सजाय दिइन् न्याय विभागको विज्ञप्तिमा जनाइएको छ । सन् २००४ को डिसेम्बरमा मोन्टगोमेरी कान्सासस्थित घरबाट कुकुरको छाउरा किन्ने उदेश्यले मिसुरीको बोबी जो स्टिनेटको घर गएकी थिइन । घरभित्र पुगेपछि मोन्टगोमेरीले ८ महिनाको गर्भवती स्टिनेटलाई आ क्र मण गरिन् । गर्भवती महिला वे हो स भएपछि उनले पेट का टे र शिशु निकालेकी थिइन् । शिशु लिएर गएकी ति महिलाले आफूले नै जन्माएको जस्तो नाटक समेत गरेकी थिइन् ।

Related Articles

Back to top button
Close