मंगलबार १२ आश्विन २०७८

काठमाडौ चितवनमा एक युवकको रहस्यमय मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–१४, पारिजात चोक बस्ने १८ वर्षीय अंकुर अधिकारीको भदौ ९ गते रहस्यमय ढंगले मृत्यु भएको हो ।

जन्मदिन मनाउन भन्दै साथीहरुले नै अंकुरलाई मोटरसाइकलमा राखेर लगेका थिए । ९ जनाको समूहका रहेका उनीहरु राप्ती नगरपालिका–४ स्थित मार्ताल खोलामा पौडी खेल्न पुगेका थिए । बेलुकासम्म छोरो नफर्किएपछि आफन्तहरुले रातिदेखि नै खोजी गरेका थिए ।

यो पनि पढ्नुहोस्

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागका निर्देशक डा. लोकनाथ भुषालले भने, “सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ ।

***

अम्बाको दाना भन्दा पनि पातको महत्व यति धेरै ; यी सबै रोगको लागि रामवाण औषधि :

अम्बाको दाना भन्दा पातको यति ठूलो महत्व यी सबै रोगको लागि रामवाण औषधि हो । हाम्रै गाउँघर र वरपर पाईने धेरै फलफूल र कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ यो तपाईं हामीलाई पनि थाहा छ ।

यही विषयमा आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै मन पराएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि झन् निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको पनि हुनसक्छ ।

अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ । अब हामी अम्बाको फाइदाको बारेमा जानकारी गराउँदछौं

यस्ता छन् अम्बाको पातबाट पाइने फाइदाहरु :-

१ अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।

२ मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।

३ अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।

४ पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।

५ पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।

के तपाईंलाई यो जानकारी पहिलेबाट नै थाहा थियो त ? क’मेन्ट गर्नुहाेला र शे’यर गर्नुहोला ।

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया