मंगलबार ०५ आश्विन २०७८

काठमाडौँ । केही मानिसहरु कति’सम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एक’जना पुरुषले उदाहरण पेश गरेका छन् ।

ती पुरुषले यस्तो कर्तुत गरेका छन् की पिता पुत्रको सम्बन्ध’लाई नै कलंकित बनाएका छन् ।

ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई विक्री गरे र त्यसरी हात परेको पैसाले नयाँ गर्लफ्रेण्ड’लाई लिएर देश घुम्न निस्किए ।

पूर्वपत्नी’सँगको सम्बन्ध विच्छेद’पछि उनले छोराको पालनपोषण गर्दै आएका थिए । तर गर्लफ्रेण्ड’सँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बेचिदिए ।

चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ ।

ती पुरुषको पत्नी’सँग झगडा भए’सँगै सम्बन्ध’विच्छेद भएको थियो र दुईजना बच्चा’मध्ये छोरीको लालनपालनको जिम्मा आमाले र छोराको जिम्मा बाबु चाँहिले लिएका थिए ।

काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहर’स्थित भाईको घरमा छाडेका थिए । गत महिना चाँहि उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के । छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै उनले भाइको घरबाट छोरा लिएर गएका थिए ।

तर उनले छोरालाई त्यहाँ’बाट लगेर चांग्सु सहरस्थित एक निसन्तान दम्पतीलाई बेचिदिए र त्यसबापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे । छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ ।

आमा’सँग भेट गराउन भन्दै लगेको छोरालाई धेरैदिन’सम्म पनि शीले फर्काएर नल्याएपछि र फोन समेत नउठाए’पछि शीका भाइलाई शंका लाग्यो र प्रहरीमा खबर गरे ।

यो पनि पढ्नुहोस

काठमाडौं । अमेरिकी ब्रान्डको उत्कृष्ट पेय पदार्थ आरसी कोला नेपालमा पनि उत्पादन शुरु भएको छ । कुल ५० करोड लागतमा भेञ्चुरा बोटलर्स प्रालिले मकवानपुरमा उद्योग प्लान्ट स्थापना गरि आरसी कोलाको औपचारिक उत्पादन शुरु गरेको हो ।

हल्का कार्बोनेटेड पेय उत्पादन रुपमा हालैमात्र उत्पादन थालनी गरेको कम्पनीले आइतबारदेखि बजारमा आरसी कोला औपचारिक रुपमै सार्वजनिक गरेको छ । माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर गरि ६ भेरियन्टमा उपलब्ध आरसी कोला देशैभरिका खुद्रा तथा कोल्ड स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

६७ भन्दा बढी देशमा उपलब्ध आर सी कोलालाई नेपाल भित्र्याई विशुद्ध नेपाली लगानी र परिवेशमा उत्पादन थालनी गरेको कम्पनीले जनाएको छ । यसको उत्पादनका लागि आवश्यक पर्ने कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने तर अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट आरसी कोला तयार गरिने कम्पनीको भनाइ छ ।

आरसी कोला सन् १९०५ मा संयुक्तराज्य अमेरिकाबाट उत्पादन सुरु भएको हो । उक्त उत्पादनहरुको संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरूबाट समेत अनुमोदन तथा नियमन हुँदै आएको छ । उत्पादनको स्तर र उपभोक्ता हितप्रतिको प्रतिवद्धतालाई कम्पनीको पहिलो प्राथमिकता रहेको कम्पनीले जनाएको छ

३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया