समाचार

नयाँ कीर्तिमान बनाउँदै प्रतिकेजीमा ह्वात्तै घट्यो मासुको मूल्य, कारण यस्तो छ !

काठमाडौं । दशैंको मुखैमा आइपुग्दा ब्रोइलर कुखुराको मासुले नयाँ कीर्तिमान कायम गरेको छ । कुखुराको मासुको मूल्य बढेर नभई घटेर नयाँ कीर्तिमान कायम गरेको हो ।

लकडाउन खुलेलगत्तै मूल्य बढेर आकाश छुने अनुमानविपरीत कुखुराको मासु उकालो नभई ओरालो लाग्न थालेको छ। लकडाउनको समयमा उत्पादन घटेकाले व्यवसायीहरूले लकडाउनपछि मूल्य बढेर किलोको ५०० रूपैयाँसम्म पुग्ने अनुमान गरेका थिए।

तर, व्यवसायीहरूको अनुमानको ठिकविपरीत यतिबेला देशभर मासुको मूल्य प्रतिकिलो २०० रूपैयाँको हाराहारीमा आइपुगेको छ। यसअघि, निषेधाज्ञाको समयमा घटेर कुखुराको मासुको मूल्य प्रतिकिलो २३० रूपैयाँसम्म आइपुगेको थियो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य २०० भन्दा पनि कम छ। उपत्यकामा २१० सम्म पाइन थालेको छ । खास गरी, उपत्यका भएका अलिअलि मानिस पनि दसैं मनाउन घर जाँदा खपत घटिरहेको छ।

Related Articles

Back to top button
Close