समाचार

कमल थापालाई कोरोना संक्रमण

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टाउको दुखेपछि गरिएको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिएका छन् ।

सावधानी र सतर्कता कायमै राखेको अवस्थामा बुधबार सामान्य टाउको दुखेपछि गरिएको पीसीआर रिपोट पोजेटिभ आएको उनले जानकारी दिए । साथै अध्यक्ष थापाले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड(१९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट ’पोजिटिभ’ देखिएको छ।अवस्था सामान्य छ। केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु’, उनले ट्वीटरमा लेखेका छन् ।

Related Articles

Back to top button
Close