बुधबार २९ बैशाख २०७८

चितवन । झण्डै २४ वर्षकी विवाहित एक महिला, जसको एउटा छोरी पनि छन् । उनका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । अहिले गएको चैत महिना देखि उनी सम्पर्क विहिन छन् । साथमा रहेकी छोरीको अवस्था पनि थाहा छैन । वुहारी नातिनी सहित हराएपछि अहिले उनका श्रीमानका परिवार खोजिमा लागेका छन् । पाँच वर्षको छोरी सहित सविना (बालकुमारी) वस्याल हराएपछि दिदी सासु अमिता नेपाली रुँदै मिडियाको सहारा लिन पुगेकी हुन् ।

नवलपरासी तरुवा गाविसमा स्थायी घर भएकी उनी नातिनीलाई स्कूल पढाउन भनेर चितवनमा आएर डेरा लिएर बसेकी थिइन् । छोरा वैदेशिक रोजगारीमा रहेका कारण नातिनीलाई राम्रो शिक्षा दिन भन्दै वुहारी नातिनी लिएर वजारमा बसेकी थिइन् । उनको दिदी सासुले आफ्नो वुहारी एउटा केटासंग विवाह गरेर गएको भन्ने जानकारी पाएको बताइन् । उनले आफ्नो भाईवुहारी भारतको सिमला पुगेको जानकारी आफुहरुले पाएको बताइन् । नेपाली केटासंग गएकी उनी भारतमै रहेको बताइएको छ ।

आफ्नो एकजना भाई भारतमा रहेको र ति भाईले उनीहरुको फोन नम्बर पत्ता लगाएर कुरा गर्दा सविना भारत पुगेको जानकारी पाएको बताइन् । छोरी पढाउन भनेर उनी चितवन स्थित आफ्नो अंकलको घरमा बसेकी थिइन् । उनी हराएको झण्डै एक वर्ष हुन लाग्यो । उनीहरुले चार वर्षको छोरी सहित लिएर हिँडेपछि भारतमा रहेका श्रीमानका भाईलाई आफु अर्कैसंग विवाह गरेको भनेर खबर गरेकी थिइन् । त्यसपछि उनको खबर छैन ।

वैदेशिक रोजगारीका लागि वाहिर रहेका श्रीमान घर आउँदा उनी श्रीमानलाई लिन काठमाडौं स्थित विमानस्थल सम्म पुगेकी थिइन् । उनी श्रीमानसंग पहाडको घरमा गएर दशैंको टिका समेत लगाएकी थिइन् । दुई तिन पटक घरमा बस्ने गरेकी उनी यसरी हराएको दोस्रो पटक हो । यस अघि पनि भाई बुहारी हराएको ७ दिन पछि फर्काएर ल्याएको उनले बताइन् । उनी भारतमै रहेको जानकारी पाएका कारण मिडियाले सहयोग गरे भारतमै गएर छोरी ल्याउने इच्छा भएको उनले बताइन् ।

अब त बुहारी ल्याउने होइन, गएको एक वर्ष भइसकक्यो त्यो ५ वर्षको छोरी फर्काएर ल्याउन पाए हुनथ्यो उनले भनिन् । भाईले पनि अब श्रीमती गइन् भने ठिकै छ अब कति पटक फर्काउनु, ल्याए पनि फेरी जान सक्छ त्यसैले छोरी मात्र लिएर आउने बताइन् । भाई मलेसिया हुँदा श्रीमती माइत जान्छु भनेर अन्तै गएको अमाजुले बताइन् ।

भिडियो हेर्नुसः

१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया