समाचार

श्रीमानलाई चि तामा आगो लगाएपछी श्रीमति पनि नि धन

काठमाडौँ । झापामा पति र पत्निको केही घण्टाको अन्तरमा निधन भएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ बनियानी निवासी ७१ वर्षीय हेमलाल घिमिरेको दाहसंस्कार गर्दै गर्दा पत्नि हिमाको पनि निधन भएको हो । स्थानीय हरि लम्सालका अनुसार श्रीमानको मेची खोलामा दाह संस्कार गर्दा गर्दै श्रीमतीको निधन भएपछि केही मलामी घर फर्किएर हिमाको शव दाहसंस्कारका लागि लगेका हुन् ।

श्रीमानको शवमा आगो स’ल्का’ई सकेपछि मात्रै श्रीमतीको निधन को खबर आएपछि एक साथ दा’हसंस्कार गर्न नपाएको बताइएको छ । श्रीमानको शव जल्दै गर्दा श्रीमतीको शव घा’ट पुर्याईएको स्थानीय हरिले जनाकारी दिए । श्रीमान–श्रीमतीको एकसाथ निधन भएको घटनाले गाउँ नै शो’कमा डुबेको छ ।

यो पनि , एक बालिकाको र’ह’स्य’मय निधन, कैलालीको घोडाघोडीमा एक बालिकाको रहस्यमय निधन भएको छ । पालिकाको वडा नम्बर १२ नकफोडुवाकी साढे ४ बर्षिया अन्सी चौधरीको खेली रहेको अवस्थामा एक्कासी बेहास भएपछि उपचारका लागि घोडाघोडी अस्पताल ल्याउने क्रममा बाटोमै निधन भएको हो ।

बालिकाकी आमा काममा गएको समयमा बालिका कैची संग खेलिरहेको प्रत्यक्षदर्शीले बताएको र घटना स्थलमा पनि रगत लागेको अवस्थामा कैची भेटीएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए । बालिकाको बायाँ पट्टी मुटु नै छुने गरी प्वा’ल परेको जस्तो देखिन्छ । सुखड प्रहरी प्रमुख बोहराले भने,… “घटना स्थलमा पनि रगत लागेको कैची भेटीएकोले खेल्ने क्रममा लड्दा कैची शरिरमा छिरेर मुटु छोएको हो की भन्ने हाम्रो अनुमान हो तर पोष्टमार्टम रिपोर्ट नआई केही भन्न सकिदैन ।”

प्रहरीले घटना स्थल मुचुल्का उठाउने काम गरिरहेको र शवलाई पो’ष्टमा’र्टमका लागि पठाउने तयारी भईरहेको बताईएको छ । मृतकका आफन्तहरुले भने कै’ची’ले ज्यान जान नसक्ने भन्दै रहस्यमय निधन भएको र निस्पक्ष छानबिनको माग गरेका छन ।

Related Articles

Back to top button
Close