बिहिबार ०७ आश्विन २०७८

काठमाडौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई लागु औषध गाँ जा सहित नियन्त्रणमा लिएको छ।आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान ठिक्क परेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई नियन्त्रणमा लिएको हो।

उनको कालो रङ्गको लगेजलाई चेक गर्दा ग्यास्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग लेखिएको सिल गरेको बट्टाहरू भित्र लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागू औषध नियन्त्रण ब्युरो कोटेश्‍वर पठाएको प्रहरीले जानकारी दिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया