समाचार

पूर्वयुवराज पारसको अर्को उदण्ड बाहिरियो

पूर्वराजा ज्ञानेन्द्र शाहका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए । प्रभाकरले सोचेका पनि थिएनन् पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहिमाथि जाइलाग्लान भनेर ।

घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भने अनुसार पारसले त्यसै गरे । पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउने बित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ भनिदिएको छु ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

फोनमा यति–उति पैसा भन्ने तय भएको थिएन, पारसले पनि सोधेनन् । सिधै लेकसाइडस्थित फिस्टेल लजको काउन्टरमा पुगे । त्यहाँ थिए, म्यानेजर । पारसलाई देख्नेबित्तिकै उनले एउटा कागजमा बेरेर राखिएको मुठो दिए । पारसले कागज खोलेर हेरे, एक–एक लाखको दुईवटा गड्डी देख्नासाथ मुख बिगारे । अनि, आफूमाथि अपमान भएको भन्दै म्यानेजरमाथी ख’निए । उनको ना’कबाट र’गत आउन थाल्यो ।

पारस पैसा त्यहीँ फ्याँकेर निस्किए । अनि, म्यानेजरले प्रभाकरलाई फोनमा यस्तो घटना सुनाए । सुन्नासाथ प्रभाकरले मुख बिगारे, तर जवाफ दिएनन् । किनभने, उनले फोन रिसिभ गरिरहँदा अगाडि पञ्चायतकालिन दुई जना मन्त्री थिए । त्यसपछि प्रभाकर केही पर, एकान्तमा पुगे ।

लगभग १०–१५ मिनेट कोहीसँग फोनमा कुरा गरेर साथीहरू भएको ठाउँमा फर्किए । त्यसबेलासम्म पनि उनको अनुहार राम्रोसँग खुल्न सकेको थिएन । त्यहाँ बस्नेहरूको अनुमान थियो– कि त प्रभाकरले ज्ञानेन्द्रलाई फोन गरेर पारसको हर्कतबारे सुनाए । कि, फेरि फिस्टेलमा फोन गरेर पारसले भनेजति पैसा दिन लगाए ।

यसरी पारसलाई पैसा चाहिँदा साथीलाई भनेर दिलाए पनि पूर्वराजा ज्ञानेन्द्रको मनमा छोराप्रतिको माया भने औपचारिक मात्र हो, भित्रदेखि होइन । मानौँ, कसैले राजसंस्था फर्काइदिएछ भने पनि पारस फेरि युवराज नहुने पक्का नै छ । पत्नी हिमानीसँगको सम्बन्ध पनि औपचारिक मात्रै हो । काठमाडौैं आएको बेला छोराछोरी त भेट्छन्, तर पत्नी र बाबुहरूसँग बस्दैनन् ।

उता, ज्ञानेन्द्रमा भारतप्रतिको भरोशा घटेको छ । आजभन्दा १२ वर्षअघि भारतलाई सकेसम्म किन चिढ्याउनु भन्ने ज्ञानेन्द्र आजकल भारतीय बेवास्ताको कारण निराश छन् ।

Related Articles

Back to top button
Close