रोचक

तपाईको जन्म अंक कुन ? यसरी निकाल्नुहोस्, अनि थाहा पाउनुहोस् कुन चीज राख्दा हुन्छ फलिफाप

काठमाडौँ । ज्योतिषशास्त्रमा जन्म अंकका आधारमा केही यस्ता उपाय बताइएको छ, जुन उपाय अप्नाउदा भाग्य चम्किने विश्वास गरिन्छ। अंक ज्योतिषमा जन्म मितिको मूल अंक निकै महत्वपूर्ण मानिने गरिन्छ। जसमा मूल अंक १ देखि ९ सम्म हुने गर्दछ।

ज्योतिषाचार्य प्रफुल्ल भट्टका अनुसार कुनै व्यक्तिको जन्ममिति २ अंकको हुन्छ भने त्यसलाई जोडनु पर्दछ। त्यसो गर्दा अंक आउछ त्यही व्यक्तिको मूल अंक मानिन्छ।

यदी कुनै व्यक्तिको जन्ममिति २९ हो भने मूल अंक निकाल्नका लागि २+९ = ११ हुन्छ । यसरी जोड्दा पनि जोडफल दुई अंकमा निस्कियो भने त्यसलाई पनि जोड्नु पर्दछ। जस्तै १+१ = २ अर्थात २९ जन्ममिति भएका व्यक्तिको मूल अंक २ हुन्छ। जानिराख्नुहोस् मूल अंकका आधारमा तपाईका लागि कुन चिज भाग्यशाली हुने गर्दछ।

अंक १
मूल अंक १ हुने व्यक्तिको शुभ दिशा पूर्व र सम्बन्धीत ग्रह सूर्य हो। यस अंक भएका व्यक्तिले पूर्व दिशामा बासुरी राख्दा शुभ मानिन्छ।

अंक २
मूल अंक २ हुने व्यक्तिको शुभ दिशा उत्तर पश्चिम हो भने सम्बन्धित ग्रह चन्द्र हो। मूल अंक २ हुने व्यक्तिले यस दिशामा सेतो रंगको सुन्दर तस्वीर राख्नु राम्रो मानिन्छ।

अंक ३
मूल अंक ३ भएका व्यक्तिको ग्रह गुरु हो भने शुभ दिशा उत्तर पूर्व मानिन्छ। मूल अंक ३ हुने व्यक्तिले यो दिशामा रुद्राक्ष राख्नु शुभ मानिन्छ।
अंक ४
मूल अंक ४ हुने व्यक्तिको शुभ दिशा दक्षिण पश्चिम हो भने ग्रह स्वामी राहु हो। यस्ता व्यक्तिले दक्षिण पश्चिम दिशामा काँचको कुनै बस्तु राख्नु राम्रो मानिन्छ।

अंक ५
मूल अंक ५ भएका व्यक्तिको शुभ दिशा उत्तर हो भने ग्रह बुध हो। यो अंक भएका व्यक्तिले घरको उत्तर दिशामा लक्ष्मी वा कुबेरको मुर्ती राख्नु राम्रो मानिन्छ।

अंक ६
मूल अंक ६ भएका व्यक्तिको ग्रह शुक्र हो भने शुभ दिशा दक्षिण पूर्व हो। जुन व्यक्तिको मूल अंक ६ हो त्यस्ता व्यक्तिले यो दिशामा मयूरको प्वाख राख्नु शुभ मानिन्छ।

अंक ७
मूल अंक ७ भएका व्यक्तिले उत्तर पूर्व दिशामा रुद्राक्ष राख्नु शुभ मानिन्छ। यस दिशाका स्वामी बृहस्पति हुन्।

अंक ८
मूल अंक ८ भएका व्यक्तिले घरको पश्चिम दिशामा कालो रंगको क्रिस्टल राख्नु राम्रो मानिन्छ। ८ मूल अंक भएका व्यक्तिको ग्रह शनि हो।

अंक ९
मूल अंक भएका व्व्यक्तिले घरको दक्षिण दिशामा पिरामिड राख्नु राम्रो मानिन्छ। यो दिशा मंगल ग्रहसँग सम्बन्धीत हुने गर्दछ।

Related Articles

Back to top button
Close