बुधबार ०६ आश्विन २०७८

चौतारा, भदौ ९ गते । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घ’टना भएको छ । दुर्घ’टनामा परि १८ जना घा’इते भएका छन् भने दुई जना ह’राई रहेका छन् ।

ठोकर्पाबाट काठमाडाैँका लागि छुटेको बस बिहान ११:३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बिस मिटर तल बस झ’रेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घ’टनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घा’इतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइ रहेकाे र र दुई जनाकाे गाडीले च्या’पिएको हुन सक्ने बस्नेतले जानकारी दिनुभयो ।

यो पनि, नेपाललाई बक्सिङमा तीन कास्य : नेपालले युनाइटेड अरब इमिरेटस् (यूएई)मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन् । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन् । उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए ।

यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गरेका थिए । नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियर तर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए । गत महिना ललितपुरको सात दोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन् । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया