समाचार

दुनियाकै मनमा बसेका डाक्टर/नर्सकी छोरी सियोनालाई गम्भीर समस्या: उपचारमा २५ करोड लाग्ने [सहयोगको अपिल]

काठमाडौ । मानिस जन्मिदै कस्तो भाग्य लिएर आउँछ त्यो कसैलाई थाहा छैन । नानी सियोन श्रेष्ठ अहिले मात्र १३ महिनाकी भइन् । उनकी आमा एलिना गुरुङ् पेसाले नर्स हुन । बाबु डा. सन्दिप श्रेष्ठ आफैमा वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनले विशेषज्ञताले हज्जारौ नानी बाबुहरुको जीवन रक्षा भएको छ ।

उनी छोटो समयमा नै हरेक नेपालीको मनमा बस्न सफल चिकित्सकमा पर्छन् ।तर भाग्यको खेल उनकै छोरी सियोना श्रेष्ठमा जन्मजात वंशानुगत लाग्ने रोग SPINAL MUSCULAR ATROPHY (SME-1) लाग्यो । यो रोग भएपछि बच्चाका अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्यु हुने जस्ता लक्षण देखिन्छ । यो अत्यन्तै खर्चिलो रोग हो ।

यसको उपचारका लागि करिब २५ करोड रुपैया लाग्दछ ।यसको उपचार अमेरिका लगायत उच्च विकसित देशका ठूला अस्पतालमा मात्र सम्भव छ । यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगि उपचार गर्नुपर्नेछ ।

लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन् । तर परिवारले आफ्नी छोरी बचाउन हिम्मत हारेन ।उनीहरुले विश्वभरीका मानिसहरुलाई सहयोगको अपिल गरे । अहिले उनीहरुलाई झण्डै साढे २ करोड सहयोग मिलिसकेको छ । तर यो १ करोडको विषय मात्र हैन । कम्तिमा २५ करोड रकम पुर्याउनु सामान्य कुरा छैन ।

यसैले उनीहरु नानीको जीवन रक्षाका लागि सबैसँग अपिल गरिरहेका छन् ।उनीहरुको अपिललाई विश्वभरीका मानिसहरुले स्वीकार गरिरहेका छन् । चर्चित बलिउड सेलिब्रेटी जरिन खानले समेत नानीको उपचारका लागि आफ्नो अफिसियल पेजमा पोष्ट गर्दै अपिल गरेकी छिन् ।

Related Articles

Back to top button
Close