समाचार

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा कडाइ गर्ने तयारी

काठमाडौं- कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ।दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अत्याधिक मात्रामा बढ्ने भएकाले सरकारले पुन: काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्न लागेको हो। यस विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं उपत्यकाको सन्दर्भमा के गर्ने भनेर राय मागेका थिए । मन्त्रीहरुले कोरोना नियन्त्र’णका लागि काठमाडौं आवतजावतमा कडाइ गर्न सुझाव दिएका छन् ।मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ । तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ छ ।

देशभर जति सक्रिय सं’क्रमित छन् त्यसको आधाभन्दा धेरै काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक महिनायता दिनहुँ देशभर भेटिने संक्र’मितको आधाभन्दा बढी काठमाडौंमा भेटिने गरेको छ।सोमबार ४ हजार ४७ जनामा सं’क्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै २ हजार २ सय ७३ जना संक्र’मित फेला परेका थिए ।

यसरी तिब्र गतिमा कोरोना फैलिएको उपत्यकाबाट बाहिर जाने ब्यक्तिका कारण गाउँ जोखिममा पर्ने र अन्य ठाउँबाट काठमाडौं आउने ब्यक्तिका कारण थप जोखिम बढ्ने भन्दै सरकारले सीमा नाकामा कडाइ गर्ने तयारी गरेको हो ।हाल काठमाडौं आउने र जानेक्रम निर्वाध रुपमा चलेको छ ।असोज एक गतेदेखि लामो दूरीका सवारी साधन चल्न थालेसँगै पछिल्लो २६ दिनमा ७ लाखभन्दा धेरै ब्यक्ति विभिन्न नाकाबाट काठमाडौं प्रवेश गरेका छन् भने यतिकै संख्या काठमाडौंबाट बाहिरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै सरकारले भीडभाड बढी हुने सरकारी कार्यालय कात्तिक १ गतेबाट बन्द गर्ने तयारी गरेको छ।मालपोत, नापी, यातायातलगायतका कार्यालयमा थेगिनसक्ने भीड बढेपछि सरकारले ती कार्यालय बन्द गर्ने तयारी गरेको हो ।यो विषयमा पनि सोमबारको मन्त्रिपरिषद्को बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए । उनले भने- बैठकमा कात्तिक १ गतेबाट भिडभाड हुने सरकारी कार्यालय केही समयका लागि बन्द गर्नुपर्ने विषयमा पनि कुरा उठेको थियो । तर त्यसबारेमा पनि कुनै निर्णय भएको छैन् ।

सेवाप्रदायक कार्यालयहरूमा भीडभाड बढेको छ । त्यसलाई केही ढिला गर्दैमा बिग्रिइहाल्दैन भनेर सुझाव आएकाले साेही अनुसारकाे निर्णय गर्ने सरकारकाे तयारी छ ।बजार क्षेत्र, सडकमा हुने धर्ना, नाराबाजी, जुलुस आदिले पनि सङ्क्र’मण फैलाउन मद्दत गरेको सर’कारको निष्कर्ष छ ।

Related Articles

Back to top button
Close