मंगलबार १२ आश्विन २०७८

काठमाडौं: काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज (मंगलबार) बस्दै छ। यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। तसर्थ निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्न आज तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठक राख्न लागेका हुन्।

‘हामी दिउँसो १ बजे बैठकमा बस्छौं’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार बिहान भने,‘एक हप्ता थप्छौं होला।’ निषेधाज्ञाको अबको स्वरूप कस्तो होला त भन्ने नेपालखबरको जिज्ञासामा उनले भने, ‘अहिलेको जस्तै मोडालिटीमा जाला।’ जारी स्वरूप अनुसार राति ८ बजेपछि निजी वा सार्वजनिक दुवै खालका सवारीसाधन चलाउन पाइँदैन।

सुर्खेतमा पुन एकसाता निषेधाज्ञा : जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । को’रो ना भाइरस सङ्क्रमण अपेक्षित रूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालले बताउनुभयो। सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ।त्यस्तै खाद्यान्न लगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुका साथै भीडभाड हुन नदिएर सञ्चालन गर्न सकिने र सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्दे शन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्वीमिङ, क्लब, देउडा, मेलाजस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा को’रो ना स’ङ्क्रमितको सङ्ख्यामा पनि कमि आएको जनाइएको छ ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया