रोचक

भूलेर पनि घरमा कहिलै नराख्नुहोस् गणेश र लक्ष्मी उभिएको मुर्ति, नत्र आउँछ संकट

पुजाकोठामा मुर्तीहरुको संख्या कती हुनुपर्छ, मुर्तीहरु कस्ता हुनुपर्छ। केही यस्ता तथ्य छन्। जुन तपाईलाई मननयोग्य हुनसक्छन्।

बास्तुशास्त्र अनुसार :

१. पुजाकोठामा गणेश भगवानका तिन ओटा मुर्तीहरु बिर्सेर पनि नराख्नुहोस् । एक वा दुईओटा मात्र राख्नुहोस्।

२. आफूले पुजा गर्न ल्याएका भगवानका मुर्ती वा तस्वीरमा भगवान उठेको भए ध्यान दिनुहोस् । भगवान बसेका मुर्ती वा तस्वीरलाई मात्र पुजा गर्नुहोस् । भगवानका उठेका तस्वीरहरु अशुभ मानिन्छ ।

३. घरको मन्दीरमा देवी लक्ष्मी वा सरस्वतीको तस्वीर राख्नु शुभ हुन्छ । तर प्रतिमाको संख्या तिन भन्दा धेरै हुनु राम्रो हुदैन । पुजाकोठामा लक्ष्मीका मुर्ती दुई ओटा राख्नु राम्रो मानिन्छ ।

४. सम्मान र सफलता पाउनको लागि पुजा कोठामा सूर्यको एक प्रतीमा राख्नु राम्रो हुन्छ । तर घरको पुजाकोठामा एक भन्दा धेरै सुर्यको प्रतिमा भने बिर्सेर पनि नराख्नुहोस् ।

५. हामी पुजा घरमा शङख राख्ने गर्छौ । यो पनि पुजन रामाग्रीको अभिन्न अंग हो । तर एक मात्र शङख रुाख्नुहोस् । यदि तपाँईले दुईओटा शङख राख्नु भयो भने घरमा झै झगडा भईरहने हुन्छ।

६. घरमा राखेको मन्दीर वरिपरि वा पुजा कोठा सफा राख्नुहोस्। पुजाकोठा वरिपरि फोहोर भयो भने देवी देउताको बास हुँदैन भनिन्छ।

७. पुजाकोठा सफा गरिसके पछि मात्र पुजा गर्ने र दियो बाल्ने काम गर्नपर्छ। सफा गरिसकेपछि मन्दीरमा गंगा जल छर्कनु एकदमै शुभ मानिन्न्छ।

८. पुजा कोठामा आगो सम्बन्धी सामानहरु राख्नु हुँदैन। बिशेषगरि ईलेक्ट्रीक सामान मन्दीरमा राख्नु अशुभ मानिन्छ।

Related Articles

Back to top button
Close