समाचार

घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो ।

सोमबार प्रतितोला ९५ हजार ६०० रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button
Close