समाचार

सुशान्त घटनामा रियाकी छिमकीले दिएको एउटा यस्तो झुटो बयानका कारण रियाले यति धेरै दुख भोगीन्

काठमाडौ । सीबीआई सुशांत सिंह राजपूतको निधनको घटनालाई प्रत्येक पक्षमा अनुसन्धान गरिरहेको छ। सीबीआई बाहेक एनसीबीले धेरै बलिउड स्टारलाई पनि सोधपुछ गरेको छ। हालसालै सीबीआईले उक्त महिलाको बारेमा पनि सोधपुछ गरेको छ जसले दावी गरेकी थिइन् की उनले सुशान्तको निधन हुनुभन्दा एक दिन अघि जून १३ मा सुशांत र रियालाई सँगै देखेकी थिइन् ।

यि महिलाको नाम डिम्पल थावानी हो र उनी रिया चक्रवर्ती छिमेकी छिन्। तर जब सीबीआईले यस महिलालाई सोधपुछ गरेका छन् त्यतीबेला उनले आफ्नो वयान फेरेकी छन् । आफ्नो बारेमा यति ठूलो झुटो कुरा गरीदिएका कारण समस्यामा परेकी रिया चक्रवर्तीले ति महिलाका बारेमा अनुसन्धान गर्न सीबीआई अफिसरलाई पत्र लेखेकी छन् । सुशांत र आफ्ना बारेमा झूट बोल्ने यस महिलालाई उचित कारबाही गरिनु पर्ने भन्दै उनले माग गरेकी छन् । रियाको वयान पछि डिम्पलले विगत धेरै घण्टादेखि फोन उठाएकी छैनन् ।

ति महिलाले केही न्युज च्यानलहरुमा पनि अन्तरवार्ता दिँदा सुशान्त र रियालाई १३ जुनमा देखेको वयान दिएकी थिइन् । सीबीआईले जब उनलाई मिडियालाई दिएको बयानको बारेमा सोध्यो, डिम्पलले आफ्नो वयान परिवर्तन गरिन् । उनले भनिन् की सुशांत र रियालाई एकसाथ देखेको हाइन अरु कसैले देखेको आफुले सुनेकी थिइन् । आफुले नदेखेको बताउँदै उनले अरु कसैले देखेको सुनेको कुरा आफुले मिडियामा भनेको बताएकी छन् ।

Related Articles

Back to top button
Close