बुधबार ०६ आश्विन २०७८

मोरङको बेलबारी नगरपालिका–११ जुरेमा आइतबार साँझ एक महिलाको शव भेटिएको छ । बारीमा मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी–११ की ५८ वर्षीया कविता बुढाथोकीलाई घरनजिकको मकैबारीमा मृत फेला पारिएको हो । परिवारका सदस्यबाट अलग भएर उनी घरमा एक्लै बस्दै आएको खुलेको छ ।

डिएसपी श्रेष्ठले मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै मोरङको केराबारीमा ल’डेर आइतबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ याङ्शिलाकी २६ वर्षीया टीकामाया राई (लिम्बू) रहेकी छन् ।

घरकै शौचालयमा लडेर घाइते भएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा टीकामायाको मृत्यु भएको प्रहरीले बताएकाे छ । अवस्था ग’म्भीर बनेपछि उनलाई उपचारका लागि धरान लगिँदै थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया