मंगलबार ०५ आश्विन २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् ।काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भीडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ । पछिल्लो समय चाँडपर्वका समयमा अत्यधिक भीडभाड देखिएपछि मन्त्रालयले भीडभाड नगरी चाँडपर्व मनाउन आग्रह गरेको छ ।

संस्कृतिलाई जोगाउन मनाइने पर्वलाई औपचारिकता मात्र दिन र भीडभाड नगर्न मन्त्रालयको आग्रह छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भीडभाड नगरी चाँडपर्व मनाउन र पर्वलाई औपचारिकता दिनेगरी मात्र पर्व मनाउन भनि मन्त्रालयले निर्देशन दिएको छ ।

चाँडपर्वसँगै दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीहरु खरिद तथा बिक्री गर्दा पनि भीडभाड नगर्न मन्त्रालयले जनाएको छ । कोरोना महामारी संक्रमणलाई मध्यनजर गर्दै उपत्यकामा यही भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको छ ।

६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया