बिहिबार ०७ आश्विन २०७८

बलिउडका सु`परस्टार सलमान खानले आफ्नो अपकमिङ फिल्म ‘टाइगर–३’को सुटिङ सुरु गरेका छन् । सल`मानको यो फिल्म टाइगर फ्रेञ्चाइजीको तेस्रो फिल्म हुनेछ । अहिले ‘टाइगर–३’को सुटिङका लागि सलमान खान रुस पुगेका छन् ।

रुस पुगेका सलमा`न खानको ‘टाइगर–३’को सेटबाट विभिन्न तस्वीरहरु लिक भइरहेका छन्, जुन सोसल मिडियामा भाइ`रल बनिरहेको छ । तस्वीरमा सल`मान खानले आफूलाई पूरै परिवर्तन गरेका छन् ।

सलमान खानले ‘टाइगर–३’को लागि आफ्नो हुलिया पूरै परिवर्तन गरेका छन् । उक्त सार्व|जनिक तस्वीरमा झलक्क हेर्दा सलमान खानलाई चिन्न जो–कोहीलाई मुस्किल नै हुन्छ । उनको मेकओभर`मा निकै मिहेनत गरिएको सार्वजनिक तस्वरले प्रमाणित गरिसकेको छ ।

सलमानले फिल्म`को लागि फिजि`कल्ली पनि निकै मिहेनत गरेका छन् । उनले आफ्नो बडी साइज बढाउनका लागि निकै कसरत गरेका बता`इएको छ । लिक भएको तस्वीरमा सलमान खानको शान्दार बडी देखिए`को छ । त्यसोत, सलमान खान`लाई शान्दार बडीका लागि चिनिन्छ ।

‘टाइगर–३’को सेटबाट लिक भएको तस्वीरमा सल|मान खानको ट्रान्सफ`रमेशन निकै रोच`क र नौलो छ । जहाँ लामो कपाल र बडी बियर्डले सलमान`लाई नयाँ लुक दिएको छ । साथै उनले आफ्नो ड्रेसिङ सेन्स पनि पूरै परिवर्तन गरेका छन् ।

उक्त तस्वीरहरु`लाई सलमान खानको एक फ्यान क्लबले सार्व|जनिक गरेको हो, जहाँ सलमान खान रुसको गल्लीहरुमा सुटिङ गर्दै गरेका दृश्यहरु छन् । दुईदिन अगाडि मात्रै सलमान खान र अभिनेत्री क्याट्रिना कैफ आफ्नो अपक|मिङ फिल्म ‘टाइगर–३’को सुटि`ङका लागि रुस गएका हुन् ।

‘टाइगर–३’ टाइगर फ्रेञ्चाइ|जीको तेस्रो फिल्म हुनेछ । यस अगाडि सन् २०१२ मा यसको पहिलो फिल्म ‘एक था टाइगर’ र ‘सन् २०१७ मा ‘टाइगर जिन्दा है’ दर्शक`माझ रिलिजमा आएको थियो । उक्त दुवै फिल्ममा सलमान र क्याट्रिना मुख्य भूमि`कामा थिए । – न्युज२४ नेपाल

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया