समाचार

९ अर्ब खाएको प्रमाण अख्तियारमा बुझाउन बाबुरामलाई भीम रावलको आग्रह

असोज २६ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य डा. भीम रावलले देशका प्रमुख नेताहरुले ९ अर्ब खाएको प्रमाण अख्तियारमा बुझाउन बाबुराम भट्टराईलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै नेता रावलले यस्तो बताएका हुन्। भट्टराईले प्रमाण सार्वजनिक गरेर अख्तियारमा नबुझाए गै’रजिम्मेवार ठहरिने रावलको भनाई छ।

‘डा. बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले रू.९ अर्ब खाएको प्रमाण आफुसंग भएको सार्वजनिक घोषणा गर्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन मैले असोज १० गते एबीसी टीभी मार्फत आग्रह गरेको थिएँ ।त्यसो गरियो कि गरिएन? गरिएन भने उहाँ गैरजिम्मेवार ठहरिनु हुनेछ ।’, उनले ट्वीटरमा लेखेका छन्।

यसअघि भट्टराईले केही दिन पहिले गोरखामा भएको समाजवादी पार्टीको कार्यक्रममा बुढीगण्डकी जलविद्युत् परियोजना प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले अर्बौं रकम कमिसन खाएर अलपत्र पारेको आरोप लगाएका थिए । उनले आफूसँग त्यसको प्रमाणसमेत रहेको दाबी गरेका थिए।

उता नेपाली कांग्रेसले पनि सभापतिमाथि भ्र’ष्टाचारको आरोप लगाएपछि उक्त आरोप प्रमाणित गर्न भट्टराईलाई चुनौती दिएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर पूर्वप्रधानमन्त्री डा. भट्टराईले दिएको अभिव्यक्तिलाई ग’म्भीरतापूर्वक लिएको र आवेगको भरमा टिप्पणी गरेर कुनै लाभ नहुने बताएका थिए।

Related Articles

Back to top button
Close