बिहिबार ०९ बैशाख २०७८

कञ्चनपुर, १ चैत / कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तरगत पुनर्वास नगरपालिका- २ मोतिबस्तीमा शुक्रबार अज्ञात समूहद्वारा एक बालिकालाई अ’प’ह’रण गरी ब’ला’त्कार गरेको भन्ने खबर आयाे । तर उक्त अबर झुटो सावित भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

१४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अ’ज्ञात समूहबाट आफू अ’प’ह’र’णमा परेको भनी प्रहरी समक्ष दिएको बयान बदलेकी छिन् ।

सुक्ष्म अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भन्नुभयो, ‘बालिकाले प्रहरी र परिवारलाई दिएको ब’यान शनिबार फेरेकी हुन् ।’

घ’ट’ना के’र’का’रका क्रममा उनले आफू कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छिन् । घर फर्किंदा अबेर भएको हुँदा घरमा मम्मीको ड’रले झुटो बोलेको बयान गरिन् । उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमीसँग कुराकानी मात्रै गरेको बताएकी छिन् ।

स्वास्थ्य परीक्षण रिपोर्ट पश्चात थप वि’वरण खुल्ने प्रहरीले जनाएको छ । झु’टको कहानी लामो भएको बताउँदै प्रहरी निरीक्षक बिष्टले बालिका यसअघि पनि उक्त प्रेमीसँग लुकीछिपी भेट्ने गरेको अ’नु’स’न्धानका क्र’ममा खुलेको जानकारी दिए ।

‘बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् । बालिकाका प्रेमीमाथि पनि थप अ’नु’स’न्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने। अ’नु’स’न्धानका लागि प्रेमी पनि प्रहरीको नि’य’न्त्रणमा नै छन् ।

३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया