समाचार

आज देखि सार्वजनिक सवारी साधनमा सरकारले गर्यो फेरी यस्तो नयाँ निर्णय

काठमाडौं । चाडपर्व नजिकिएसंगै सरकारले अब सार्वजनिक सवारी साधनका लागि नयाँ निर्णय गरेको छ । काठमाडौ लगायतका स्थानमा कोरोनाको जोखिम बढेको बेलामा सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो । आधा सिटमा मात्र यात्रु राख्न पाउने नियम लागू गरेका कारण ५० प्रतिशत भाडा बढाएर लिन पाउने अधिकार समेत दिएको थियो

सो बैठकले एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ । दशैंमा यात्रुहरुको चाप हुने भएकोले सवारी साधनमा सामाजिक सुरक्षाको मापदण्ड अप्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । सरकारको यस्तो निर्णयले सर्वसाधारण भने चर्को भाडामा यात्रा गर्नु पर्ने भएको छ

यसअघि अन्तरिक हवाई उडानमा पनि प्रावधान लागू गरिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आइरहेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close