समाचार

नारायणी अस्पतालमा कार्यरत बरिष्ठ बालरोग विशेषज्ञको निधन

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. पन्नलाल पटेलको निधन भएको छ । वीरगञ्जस्थित गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारीले दिनुभएको जानकारी अनुसार उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । डा.पटेलको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको अन्सारीले बताउनुभयो । डा. पटेल वीरगञ्ज भवानीपुरका स्थानीय हुनुहुन्छ ।

नेपालमा ६५ हजार २०२ कोरोना संक्रमणमुक्त, २३ हजार ५०७ सक्रिय संक्रमित, काठमाडौँ । महामारी कोरोना भाइरस संक्रमणबाट नेपालमा हालसम्म ६५ हजार बढी निको भइसक्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ६५ हजार २०२ जना कोरोना संक्रमणबाट मुक्त भइसक्नु भएको जानकारी दिनुभएको हो ।

प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा १ हजार १३३ जना कोरोना संक्रमित निको हुनुभएको हो । सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनालाई जित्नेको दर ७३ प्रतिशत रहेको छ । यसैगरी हाल नेपालमा २३ हजार ५०७ जना सक्रिय कोरोना संक्रमित रहनुभएको छ । गत २४ घण्टामा २ हजार २४० संक्रमित थपिएसँगै संक्रिय संक्रमितको संख्या २३ हजार नाघेको हो ।

Related Articles

Back to top button
Close