मंगलबार ०५ आश्विन २०७८

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी गन हरायो । सो गन चोरी गरेको आरोपमा पक्राउ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ ।

उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या तनापछि पुर्पक्षका लागि कारागार चलान गरिएपछि अहिले चितवन कारागारमै छन् ।

तर चार महिना ठूलो या तना र वर्षैको जे ल बसाईपछि उनीहरु निर्दोश रहेको पुष्टि भयो । सो गन अर्कैले चोरेको पाइएको हो । आफ्ना श्रीमान करिब अढाइ वर्ष जेलमा हुँदा र सेनाको हिरासतमा या तना सहेको थाहा पाउँदा श्रीमतीको मन छियाछिया हुन्थ्यो ।

तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम पटक घरवाट हिँडेका थिए ।

झुटो आरोपमा पक्राउ परेका उनीहरुले चार महिना सैनिक हिरा सतमा बिताएको या तना थाहा पाएर आमाबुवाको मन कहालिएको छ । सरोजले आफुले पाएको यातना सम्झदै भने, एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु । त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो।

यस्तो कुरा थाहा पाएपछि सानी काखको छोरी छोडेर जागिरमा जाने गरेकी उनकी श्रीमती उर्मिला अफिस जान छोडिन् । कतै आफुलाई लगेर बेचिदिने होकी भन्ने उनको मनमा त्रास रहन्थ्यो । तीन महिना हुँदा बुवाले छोडेकी छोरी अहिले ४ वर्षकी हुन लागिन् । छोरीले बाबा खै भन्दा उनले मन थाम्न सक्दिनन् ।

सुत्केरी अवस्थामा आराम गर्नुपर्ने र पोशिलो खानेकुरा खानुपर्ने बेलामा उर्मिला त्रासमा बस्नुपर्यो ।

अहिले पनि सेनाको गाडी देख्दा उनलाई डर लाग्छ । अब त उनका श्रीमान निर्दोश सावित भएका छन् । अब भने घर फर्केलान् की भन्ने आशमा बाटो हेरेर बसेकी छन् ।

८ वर्षअघि झापास्थित चारआलीमा रहेको सैनिक ब्यारेकमा पोस्टिङमा रहेका बेला खुदुनाबारीकी उर्मिलासँग सरोजको प्रेम बसेको थियो। बिहे गरेको चार वर्षपछि ०७५ असोजमा उनको छोरी जन्मिएकी थिइन्।

मोरङ सुन्दरहरैँचास्थित उनको घरमा खुशीको माहोल थियो। कालीबहादुर गणमा कार्यरत उनले त्यही खुशीमा सरिक हुन मंसिरको अन्त्यतिर ४ दिनको बिदा लिएका थिए। त्यही बेला नवजात छोरी बिरामी परेकी थिइन्। उर्मिला र सरोज दुवै छोरीलाई जचाउँन विराटनगरको अस्पताल पुगेका थिए।

अझै केही दिन उर्मिलासँगै बस्ने रहर त थियो तर पुस १ गते हाजिर हुनुपर्ने बाध्यताका कारण उनी त्यही दिन बिहानै हतार गरेर घरबाट निस्किएका थिए। ‘आमा, तालिम पर्न सक्छ, अलिकति पैसा दिनुन् भनेको थियो। मैले मसँग भएको ७ हजार दिएर पठाएकी थियो,’ आमा माया सम्झिन्छिन्।अनिल यादव/नेपालसमय

१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया