बुधबार ०६ आश्विन २०७८

एजेन्सी : अफगानिस्तान यति छिटै ता’लिबान ल’डा’कुको क’ब्जामा परेसँगै यसले मानवीय सं’कट बढेको छ, हजारौँ मानिसहरू देशबाट भाग्ने प्रयास गरिरहेका छन्। यसले फेरि एउटा अर्को ध्यान पनि खिचेको छ । त्यो हो– प्रकृतिकै ग र्भमा रहेका विशाल खनिज सम्पत्तिको प्राकृतिक स्रोत जसले अफगानिस्तान यदि विकसित भए आर्थिक पक्षलाई महत्वपूर्ण रुपान्तरण गर्न सक्छ ।

अफगानिस्तान विश्वकै गरिब मध्ये एक राष्ट्र हो। तर सन् २०१० मा अमेरिकी सेनाका अधिकारी र भूगर्भविद्हरूले मध्य तथा दक्षिण एसियाको चौबाटोमा रहेको अफगानिस्तान झण्डै १० खर्ब डलर बराबरको खनिज (मिनेरल्स) सम्पत्ति माथि बसिरहेको खुलासा गरेका थिए। आइरन (फलाम), कपर (तामा) र गोल्ड (सुन) जस्ता खनिज सम्पत्ति अफगानिस्तानका प्रान्त–प्रान्तमा छरिएर रहेका छन्। यतिमात्र होइन, पृथ्वीमा विरलै पाइने बहुमूल्य खनिजहरू छन्।

सायद सबैभन्दा महत्वपूर्ण लिथियमको विश्वकै ठूलोमध्येकै एक भण्डारण रहेको पनि आकलन छ।लिथियम त्यस्तो आधारभूत खनिज हो जो रिचार्ज गर्न मिल्ने ब्याट्री र अन्य जलवायु सं’कट सामना गर्ने प्रविधिको दु’र्लभ भाग हो। ‘परम्परागत अमूल्य धातुहरूमा धनी क्षेत्रहरू मध्ये अफगानिस्तान निश्चित रुपमा एउटा क्षेत्र हो’, इकोलजिकल फ्युचर्स ग्रुपका संस्थापक एक वैज्ञानिक तथा सुरक्षाविज्ञ रड स्कोनोवर भन्छन्, ‘२१औँ शताब्दीको उदाउँदो अर्थतन्त्रका लागि अत्यावश्यक धातुहरू पनि यहाँ छन्।’

सुरक्षा चुनौती, पूर्वाधार अभाव र अत्यन्त सुख्खा जमिन जस्ता कारण विगतमा असाध्यै मूल्यवान् खनिजहरूको उत्खनन हुन पाएको थिएन । ता’लिबानको नियन्त्रणमा आए पनि अझै यो परिस्थित परिवर्तन भइहाल्ने छैन। तर यी खनिज सम्पत्तिमा चीन, पाकिस्तान र भारतको उत्कट चाहना छ जुन देशहरूले अस्थिरताकै बीच यसमा सं’लग्न हुने प्रयास गर्नेछन्। ‘यो ठूलो प्रश्न चिह्न हो’, स्कोनोवर भन्छन्।

ठूलो सम्भावना : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना फिर्ता लैजाने घोषणा गर्नुअघि नै यो वर्ष ता’लिबानको निय’न्त्रण बौरिँदै गर्दा देशको आर्थिक प्रत्याशा मधुरो थियो।जुन महिनामा अमेरिकी संसदीय अनुसन्धान सेवाबाट प्रकाशित रिपोर्ट अनुसार सन् २०२०सम्म अनुमानित ९०प्रतिशत अफगानहरू प्रतिदिन २ डलरको सरकार निर्धारित गरिबी तहमा बाँचिरहेका थिए।आफ्नो पछिल्लो ताजा देशबारेको रिपोर्टमा विश्व बैंकले अफगानिस्तानको अर्थतन्त्र नाजुक र सहयोगमा आश्रित रहेको बताएको छ।

‘निजी क्षेत्रको विकास र विविधतालाई असुरक्षा, राजनीतिक अस्थिरता, कमजोर संस्थाहरू, अपर्याप्त पूर्वाधार, फैलिँ’दो ‘भ्रष्टाचार र कठिन व्यावसायिक वातावरणले प्रतिब’न्धित गरेको छ’, गत मार्चमा विश्व बैंकले भनेको थियो । कमजोर सरकारसँगै धेरै देशहरू ‘स्रोतको श्राप’बाट प्रताडित छन्, जहाँ उनीहरू प्रकृतिको ग’र्भमा लुकेका स्रोत उत्खनन गरी घरेलु अर्थतन्त्रलाई र स्थानीय मानिसलाई फाइदा दिन असमर्थ भइरहेका छन्।

अफगानिस्तानको खनिज सम्पत्तिबारे यसअघि पनि सोभियत युनियनले गरेको सर्वेले यसबारे खुलासा गरेको थियो जसले विशाल प्रतिज्ञा गरेकै थियो। लिथियम र कोबाल्टजस्ता धातु र सँगसँगै निओडिमियम जस्ताविरलै पृथ्वीमा पाइने तत्वहरूको माग विभिन्न देशहरूले विद्युतीय कारमा रुपान्तरण हुन र कार्बन उत्सर्जन कटौतीका लागि स्वच्छ प्रविधिहरूमा जान चाहिरहँदा ह्वात्तै बढिरहेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए)ले गत मेमा जलवायु सं’कटसँग जुध्न लिथियम, कपर,निकेल, कोबाल्ट र दु’र्लभ प्राकृतिक तत्वहरूको विश्व आपूर्ति तीव्रदरले बढाउनुपर्ने जनाएको छ। तीन देश चीन, प्रजातान्त्रिक गणतन्त्र कंगो र अस्ट्रेलियाले लिथियम, कोबाल्ट र विरलै पाइने दु’र्लभ खनिजको ७५ प्रतिशत हिस्सा ओगट्छन् । एउटा औसत विद्युतीय कारलाई परम्परागत कार भन्दा छ गुणा धेरै खनिज आवश्यक पर्ने आईईएले जनाएको छ । लिथियम, निकेल र कोबाल्ट ब्याट्रीहरूका लागि अत्यन्तै महत्वपूर्ण खनिज हुन् ।

विद्युतीय सञ्जालमा समेत ठूलो मात्रामा कपर र आल्मुनियम चाहिन्छ भने म्याग्नेटमा प्रयोग हुने दु’र्लभ खनिजहरू विन्ड टर्बाइन बनाउन आवश्यक पर्छ । अमेरिकी सरकारको अनुमानमा अफगानिस्तानको गर्भमा रहेको लिथियमको भण्डारण बोलिभिया कै हाराहारीमा छ। बोलिभियालाई लिथियमको विश्वकै धेरै सञ्चितिको घर मानिन्छ । ‘यदि अफगानिस्तान केही वर्ष मात्रै शान्त रह्यो र खनिज स्राोतहरूको विकासलाई अनुमति दियो भने एक दशकभित्रै यो क्षेत्रकै धनीमध्ये एक बन्नसक्छ’, अमेरिकी भौगर्भिक सर्वेका सइद मिर्जादले सन् २०१० मा साइन्स म्यागाजिनलाई भनेका थिए। उनले सन् १९७९ सम्म अफगानिस्तान भौगर्भिक सर्वेको नेतृत्व गरेका थिए।

१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया